default_image

4 years ago

July 3, 2021

एसियन च्याम्पियनसिप : दोस्रो चरणमा १८ खेलाडी छनोट

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले भदौ १३ देखि २० सम्म फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडीको नाम घोषणा गरेको छ ।

प्रारम्भिक टोलीमा ३० खेलाडी घोषणा गरिएकोमा पुलिसका तीन खेलाडीले प्रशिक्षणमा सहभागिता जनाएका थिएनन् । दोस्रो चरणमा थप ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको हो । अब केहि साता टोलीले प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुनेछ ।

स्पाइकरद्वय प्रतिभा माली र सरस्वती चौधरीसँगै शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी र रेश्मा भण्डारी टोलीमा परेका छन् । सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट र सुनिता खड्काले पनि टोलीमा स्थान बनाएका छन् । लिबेरोमा सलिना श्रेष्ठ र सरस्वती जैसी रहेका छन् । यस्तै सेटरमा अरुणा शाही, जानकी भण्डारी र कृपा अधिकारी रहेका छन् । युवा स्पाइकरद्वय रिया कुँवर र लक्ष्मी चन्दले पनि टोलीमा स्थान बनाएका छन् ।

टोलीबाट बाहिरिने ठूलो नाममा सेटर कमला पुन र मिडल ब्लकर हिरा केसी रहेका छन् । यी दुवै १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्दा टोलीका सदस्य थिए । यस्तै रिमा कुँवर, झरना श्रेष्ठ, संगम महतो, पुजा चौधरी, सरस्वती कट्टेल, वाल्मिका आचार्य र सृष्टि खड्गी छनोटबाट बाहिरिएका छन् । यसअघि पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ प्रशिक्षणमा सहभागी रहेका थिएनन् ।

गत साता मात्र संघको कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा बसेको केन्द्रिय समिति बैठकले दोस्रो चरण र अन्तिम चरणको लागि खेलाडी छनोट समिति गठन गरेको थियो । छन्त्याल संयोजक रहेको खेलाडी छनोट समितिमा संघका केन्द्रिय सदस्य रीता कोईराला, ज्योती केसी, जुनु पुन, राखेप अन्तर्गत भलिबलका मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह, महिला टोलीमा मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव छन् ।

समितिले फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ सदस्यीय खेलाडी तथा अन्तिम राउन्डमा १२ सदस्यीय खेलाडी छनोट गर्नेछ । च्याम्पियनसिपमा सहभागी हुनका लागि (प्रशिक्षणको सुरुवातदेखि) नै संघले करिव १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफै पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागि परेको छ ।

एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।

बन्द प्रशिक्षणमा डाकिएका मध्ये पुलिसका तीन खेलाडी (पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ) आधारभुत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन ।टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा छन् । व्यवस्थापक निरोज मास्केले भने पदबाट राजिनामा दिइसकेकी छिन् ।

नेपालले पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्दैछ । च्याम्पियनसिप फिलिपिन्समा अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुदैछ । च्याम्पियनसिपमा १२ टोलीको सहभागिता रहने छ । अन्तिम समयमा यसअघिका आयोजक रहेका चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएका थिए । अब फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङ छन् ।

छनोट भएका १८ खेलाडी :

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, रिया कुँवर, लक्ष्मी चन्द

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

Success

Thank you for your time.