4 years ago
May 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि लक्षित गर्दै राष्ट्रिय नेपाली महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
चैत्र तेस्रो अट आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको हो । छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेका थिए ।
समितिले उक्त प्रतियोगिता दौरान गरेको प्रदर्शन र प्रतिभावान खेलाडीको उचाई र उमेरलाई मध्यनजर गर्दै छनोट गरेको बताएको छ । भविष्यमा राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीलाई समेत आधार मानिएको समितिले जनाएको छ । टोलीमा उक्त प्रतियोगितामा च्याम्पियन बन्न सफल होंगान्जी न्यू डायमन्डबाट ७ खेलाडी टोलीमा परेका छन् ।
यस्तै विभागीय टोलीको वर्चस्व विगतमा झै कायम नै छ । एपिएफ र पुलिसबाट ७-७ तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन् । भरतपुर मेट्रोबाट सरस्वती कट्टेल पुन: बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् ।
यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् । सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वाल्मिका आचार्य पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।
शुक्रबार कार्यवाहक यामबहादुर गुरुङको अध्यक्षतामा बसेको संघको भर्चुअल बैठकले २१ गतेबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ । संघले राखेपबाट प्रशिक्षण संचालन तथा कभर्ड हल प्रयोगका लागि आवश्यक स्वीकृति लिइसकेको कार्यवाहक अध्यक्ष गुरुङले जानकरी दिए ।
यस्तै बैठकले जगदीश भट्टलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने निर्णय गरेको छ । उनकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३ औं सागमा रजत पदक जितेपछि बैठकले भट्टलाई नै जिम्मेवारी सुम्पने निर्णय गरेको गुरुङले बताए ।
टोली व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्के तथा ट्रेनरमा पूर्व खेलाडी अन्जु श्रेष्ठ रहनेछिन् । सहायक प्रशिक्षकको निर्णय पछि लिइनेछ । खेलाडीहरुको पिसिआर परिक्षण र विमाको जिम्मेवारी इन्दिरा निरौलालाई दिइएको छ । त्यस्तै तयारी र सहभागिताको आर्थिक पक्ष बारे तयारी गर्न कोषाध्यक्ष सुनकेशरी मालीलाई जिम्मेवारी दिइएको छ ।
बन्द प्रशिक्षणमा पर्न सफल ३० खेलाडीको नामावली :
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, उषा विष्ट, हिरा केसी, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, पुनम चन्द, रेश्मा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वति जैसी, शान्तिकला तामाङ, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, सरस्वती कट्टेल, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वाल्मिका आचार्य
वैकल्पिक खेलाडी : आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही, पुष्पा चौधरी
टोली अनुसार नामावली :
आर्मी : सफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वति जैसी, कृपा अधिकारी, सृष्टि खड्गी, संगम महतो
पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द,
एपिएफ: सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा विष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी
न्यू डायमन्ड: प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, झरना श्रेष्ठ, वाल्मिका आचार्य
भरतपुर : सरस्वती कट्टेल
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]