4 years ago
April 24, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी स्पाइकर सरस्वती चौधरी भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् ।
एपिएफलाई प्रतियोगिताको च्याम्पियन बनाउन सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले २० हजार रुपैयाँ हात पारिन् । व्यक्तिगत विधातर्फ आर्मीकी शान्ति थारु उत्कृष्ट स्पाइकर चुनिइन् । आर्मीकै सुनिता खड्का उत्कृष्ट ब्लकर चुनिदा न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिइन् ।
एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर चुनिदा एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान ७–७ हजार रुपैया हात पारे ।
सर्वाेत्कृष्ट – सरस्वती चौधरी (एपिएफ)
सर्भर – प्रतिभा माली (न्यु डायमन्ड)
लिवेरो – सलिना श्रेष्ठ (न्यु डायमन्ड)
स्पाइकर – शान्ति थारु (आर्मी)
सेटर – विनिता बुढाथोकी (एपिएफ)
ब्लकर – सुनिता खड्का (आर्मी)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]