default_image

4 years ago

April 24, 2021

न्यु डायमन्डलाई हराउँदै एपिएफ च्याम्पियन

241 views

0 Bookmark

तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार भएको फाइनलमा एपिएफले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । एपिएफको वर्षको यो पहिलो उपाधि हो ।

एकपक्षीय खेलमा एपिएफले डायमन्डलाई कुनैपनि समय खुलेर खेल्न दिएनन् । एपिएफले पहिलो सेटमा २५–१६ को सहज जित निकालेको थियो । १६–१६ को बराबरीको अवस्थाबाट एपिएफले लगातार ९ अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एपिएफ सुरुवातमा पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २५–२२ ले जित्न सफल भएको थियो ।

एक समय १०–१४ ले पछि रहेको एपिएफले १७–१७ को बराबरी गर्दै २२–१८ ले अग्रता लिएको थियो । डायमन्डले २२–२२ को बराबरी गरेपनि त्यसपछि एपिएफले लगातार ३ अंक जोडेको थियो । तेस्रो सेटमा सुरुवात देखि नै पकड जमाएको एपिएफले २५–१४ ले जित्दै च्याम्पियन बन्न सफल भयो ।

त्यसअघि तेस्रो स्थानमा लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट आर्मीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२१ को सहज जित निकालेको थियो । दोस्रो सेटमा बल लिने क्रममा ल्यान्डिङ नमिल्दा आर्मीका मिडल ब्लकर सुनिता खड्का घाइते भएपछि आर्मी दवावमा आएपनि उक्त दवावलाई झेल्दै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

सुनिता घाइते भएर मैदानबाट बाहिरिदा आर्मीले १६–१२ को अग्रतामा खेलिरहेको थियो । आर्मीले तेस्रो सेटमा पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै २५–२३ को सेटमा जित निकाल्न सफल भएको थियो । ९–१३ ले पछि रहेको अवस्थामा आर्मीले १९–१९ को बराबरीबाट अग्रता लिदै जित हात पार्न सफल भएको थियो । पुलिसविरुद्ध उच्च प्रदर्शन गरेकी आर्मीकी शान्ति थारु प्लेयर अफ दि म्याच घोषित भइन् । उनले २ हजार रुपैयाँ हात पारिन् ।

तेस्रो स्थान हासिल गरेसँगै आर्मीले १ लाख रुपैयाँ हात पारेको छ । चौथो भएको पुलिसले ५० हजार रुपैया पायो ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.