4 years ago
April 21, 2021
तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब काठमाडौंले भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा बुधबार भएको उद्घाटन खेलमा डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो । एकपक्षीय खेलमा डायमन्डले पहिलो सेट २५–१४ को सहज जित निकाल्यो । दोस्रो सेटमा २५–९ को जित निकाल्दा तेस्रो सेटमा २५–१४ कै जित निकाल्न सफल भएको थियो ।
आर्मीविरुद्ध उच्च प्रदर्शन गरेकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । उनले २ हजार रुपैया हात पारिन् । यस्तै झरनाको खेलबाट प्रभावित भएर भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ प्रदान गरे ।
यो जितसँगै डायमन्डले गत चैतमा सम्पन्न पाँचौ संस्करको आरबीबी एनभिए क्लब लिग भलिबलको लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ । डायमन्ड आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो । यस्तै जितसँगै डायमन्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । लिगको अन्तिम चरणमा डायमन्डले ढोरपाटन स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबल भएकाले पनि यस खेलको विकास र विस्तारमा राष्ट्रिय खेलकुद परिषद्ले प्राथमिकतामा राख्ने बताए । उनले दुई बर्ष भित्र भलिबलको अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्ने बताउदै भलिबलको विकासका लागि फ्रेन्चाईज (ब्यावसायिक खेल) हुन आवाश्यक भएकाले निकट भविष्यमै महिला तथा पुरुषको आकर्षक नगद पुरस्कार राशी रहेको भलिबल लिगको संचालन गरिने बताए ।
प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता गरेका भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले सिन्धुपाल्चोकमै पहिलोपटक राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना भएको बताउदै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा बिहीबार समूह चरणको तीन खेलमा प्रतिस्पर्धा हुदैछ । पहिलो खेलमा आर्मी र ढोरपाटन, दोस्रो खेलमा पुलिस र एपिएफ तथा अन्तिम खेलमा डायमन्ड र ढोरपाटनबीच प्रतिस्पर्धा हुनेछ ।
बुधबारदेखि तातोपानीस्थित आधारभूत विद्यालयको मैदानमा हुने प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होंगान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाका लागि भोटेकोशी गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ ।
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले हिमालयन रेडर्सलाई ३५-२४ हराउँदै विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार दोस्रो खेलको सुरुवात प्रतिस्पर्धात्मक भए पनि सहिद अन्सारीको सुपर रेडसँगै जनकपुरले ७-५ को अग्रता बनायो। लगतै च्याफोन कामुन्नेको अर्को सुपर रेडमा जनकपुर १०-५ ले अगाडि बढ्यो। यसपछि हिमालयनलाई अल […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]