default_image

4 years ago

April 20, 2021

एनभिए र हेल्प नेपालको पहलमा पाकिस्तानी खेलाडी स्वदेश फर्कदै

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आफुले पाउनुपर्ने रकम नपाएपछि काठमाडौंमै रहेका तीन पाकिस्तानी भलिबल खेलाडी अन्तत बुधबार स्वदेश फर्कने भएका छन् ।

बुलबुले रारा भलिबल क्लबले गत चैत २६ गते सम्पन्न पाँचौ संस्करणको आरबीबी एनभिए क्लब लिग भलिबलको खेल दौरान तीन पाकिस्तानी भलिबल खेलाडीलाई ३ हजार ५ सय अमेरिकी डलरमा अनुबन्ध गरेको बताइएको थियो । तर, प्रतियोगिता सकिएको झन्डै दुई साता पुग्न लाग्दा पाउनुपर्ने रकम नपाएपछि उनीहरु स्वदेश फर्कनन् ।

उनीहरु चैत २८ गते नै स्वदेश फर्कने तय थियो । तर, उनलाई ल्याउन भुमिका खेलेका बुलबुले रारा भलिबलका क्लबका अध्यक्ष तथा प्रशिक्षक निरमकुमार शाहीले समयमा भुक्तानी दिन नसकेपछि पाकिस्तानी खेलाडी स्वदेश फर्कन पाएनन् । उनीहरु ठमेलस्थित एक होटलमा बस्दै आएका छन् ।

पाउने पर्ने रकम नपाएर पाकिस्तानी खेलाडी स्वदेश नफर्केको जानकारी पाएपछि नेपाल भलिबल संघ (एनभिए) ले उनीहरुलाई फर्काउन पहल लिएको छ । अध्यक्ष शाही बेला बेलामा सम्पर्कमा रहेपनि उनीहरुलाई स्वदेश फर्काउन बेवास्ता गरेपछि एनभिएको पहलमा टिपटप हेल्प नेपालले अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई छिटो स्वदेश फर्काउन लागेको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए ।

एनभिएका र हेल्प नेपालका पदाधिकारीहरु खेलाडी बसेको होटलमा पुगेर उनीहरुसँग समन्वय गर्दा बुलबुलेका अध्यक्ष शाही त्यति बेला थिएनन् । यस्तै बुलबुलेले आफ्ना नेपाली खेलाडीलाई पनि पारिश्रमिक नदिएको पाइएको छ । क्लबले उनीहरुलाई ३० हजार रुपैयामा अनुबन्ध गरेको थियो ।

एनभिएको पहलमा टिपटप हेल्प नेपालले तीन खेलाडीको झन्डै ३ लाख बराबरको टिकट प्रायोजन गरिदिएको क्लबका अध्यक्ष बासु श्रेष्ठले जानकारी दिए । संघ र टिप टपले तत्काललाई उनीहरुलाई स्वदेश फिर्ता पठाउने र त्यसपछि क्लबको गतिविधिमा अघि बढ्ने विषयमा निर्णय गरेका छन् ।

पाकिस्तानी खेलाडीले पनि आउने बेलमा आफै आएको र यहाँ आएपनि सबै दिने भन्ने सहमति भएपनि यहाँ त्यस्तो हुन केही हुन नसकेको बताएका छन् । सम्झौता अनुसार पाकिस्तानी खेलाडीले पाकिस्तानबाट आउदा तीन जनाको ७ हजार ५ सय अमेरिकी डलर, त्यसपछि यहाँ खेल्दाको पारिश्रमिक र फर्कदाको टिकटको मुल्य पाउनुपर्ने थियो । तर बुलबुलु त्यसमा कत्ति पनि भुक्तानी नगरेको पाइएको छ । यस्तै एनभिएले पनि तीन जनालाई १–१ हजार अमेरिकी डलर सहयोग गरेको छ ।

पाँचौ संस्करणको लिगको उपाधि दावेदारको रुपमा रहेको बुलबुले रारा तेस्रो भएको थियो । हेल्प नेपाल पहिलो तथा नेपाल एपिएफ क्लब दोस्रो भएको थियो । लिगको अन्तिम खेलमा हेल्प नेपाल एपिएफसँग ३–० को सोझो सेटमा पराजित भएपछि बुलबुले फाइनल पुग्नबाट बञ्चित बनेको थियो । तेस्रो भएपछि बुलबुले पुरस्कार वितरणमा समारोहमा पनि सहभागी भएको थिएन ।

भलिबल संघका सचिव श्याम श्रेष्ठले खेलाडीलाई रोकेर राख्दा देशकै भलिबलको बदनाम हुने भएकोले संघले समन्वय गरे उनीहरुलाई स्वदेश फर्काउन पहल लिएको बताएका छन् । ‘सोमबार संघको बैठक यहि कारणले बसेका थियौं । अब उनीहरु फर्कने निश्चित भएको छ’, उनले भने, अहिले संघले उनीहरुलाई दिएर पठाउने रकम पछि बुलबुलेका अध्यक्ष शाहीसँग लिने सहमति भएको छ ।’

बुलबुलेका अध्यक्ष शाहीले आफूले समयमा उनीहरुलाई रकम दिन नसकेको स्वीकार गरेका छन् । ‘हामीले सोचे जस्तो लिगमा गर्न सकेनौं । त्यसैले प्रायोजकहरुबाट आउने रकम आएन,’ उनले भने, ‘त्यसैले समयमा खेलाडीलाई पठाउन रकम जोहो गर्न सकिएन । तर म उनीहरुको सम्पर्कमा नियमित छु । मैले नै उनीहरुलाई त्यो होटलमा राखेको हुँ ।’

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.