default_image

4 years ago

April 18, 2021

डीआरएस बन्यो दक्षिण एसियाको पब्जी च्याम्पियन!

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको डीआरएस (द रियल सोल्जर्स) ले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) को दक्षिण एसियाली च्याम्पियनसिपको तेस्रो सिजनको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा डीआरएसले पहिलो स्थान हासिल गर्दै १० हजार अमेरिकी डलर प्राप्त गरेको छ । २० टोली सम्मिलित प्रतियोगितामा डीआरएसले मंगोलियाको जिअस ईस्पोर्ट्सलाई पछि पर्दै च्याम्पियन बनेको हो । जिअसले दोस्रो बन्दै ६ हजार ५ सय डलर प्राप्त गर्यो । तेस्रो स्थान नेपालकै ७सी इस्पोर्ट्सले हासिल गर्दै ५ हजार डलर पायो ।

डीआरएस टोलीमा युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ् (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एमआरबोरो) रहेका थिए । डीआरएसले यस जितको श्रेय आफ्नो समर्थकलाई दिँदै निरन्तर साथको अपेक्षा राखेको बताएको छ । टोलीले यसअघि लिग चरणमा ७ हजार ५ सय डलर पुरस्कार प्राप्त गरेको थियो ।

डीआरएसले कुल २सय ७३ अंक जोड्दै शीर्षस्थानमा रहँदा जिअस २ सय ७१ अंकसहित दोस्रो स्थानमा रहयो । अन्तिम खेलअघि दुवै टोलीको २ सय ६१ अंक रहँदा डीआरएसले अन्तिम खेलमा अग्रता जोगाउँदै उपाधि जितेको हो । प्रतियोगिताको शीर्ष ८ मा ४ टोली नेपालका रहेका थिए ।

डीआरएस गत महिना मात्र आधिकारिक रुप दर्ता गर्दै नयाँ व्यवस्थापनमा अघि बढेको थियो । गत संस्करणमा उपविजेता बनेको डीआरएसले यसअघि ग्लोबल च्याम्पियनसिपमा २० औं स्थान हासिल गरेको थियो ।

February 4, 2025

पुलिस आहा रारा पोखरा गोल्डकपको‌ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

February 4, 2025

अर्जुन ट्रफी – न्यु होराइजनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]

Success

Thank you for your time.