default_image

8 years ago

October 21, 2016

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चो नेपाल आइपुगे

142 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)– तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा.चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । चो लगायत टोलीलाई नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाश सम्सेर राणा,उपाध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ,केन्द्रिय सदस्य,विभिन्न डोजाङ प्रमुख र खेलाडीहरुले फुलमाला लगायतले भब्य स्वागत गरे ।

wtf-president-nepalत्यस्तै भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिकाबारेमा अध्ययन गर्नेछन् । अध्यक्ष डा.चोले त्यसबिच भगवान गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन एवम् भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । डा.चोलाई नेपाल तेक्वान्दो सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । डा.चोले नेपालमा रहेको बेला बरिष्ठ राजनैतिक ब्यक्तित्व र सरकारको उच्च ओहदाका पदाधिकारीहरूसंग शिष्टचार भेटघाट गर्ने कार्यक्रम रहेको सघंले जनाएको छ । दोस्रो पटक नेपाल भ्रमणमा आएका अध्यक्ष डा. चो कात्तिक ९ गतेसम्म नेपालमा रहनेछन् । गत वर्षको माघमा भूकम्पबाट प्रभावित क्षेत्रका लागि डब्लुटिएफको तेक्वान्दो ह्युमेनीटेरिन फाउन्डेसन अन्र्तगत राहत कार्यक्रमका लागि उनी नेपाल आएका थिए ।

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

कोशी अध्यक्षमा झापाका पराजुली

हिमाल खरेल, बिर्तामोड नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका व्यवसायी तथा उद्यागी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

Success

Thank you for your time.