default_image

4 years ago

April 15, 2021

निरौला पनि भलिबल संघको अध्यक्षको आकांक्षी

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) को कार्यसमितिको निर्वाचनको मिति तय नहुँदै नयाँ अध्यक्षका लागि दुई जना आकंक्षी देखिएका छन् । वर्तमान कार्यसमितिको उपाध्यक्ष निरोज मास्केले यसअघि नै उम्मेदवारी घोषणा गरेकी थिएन् ।

अहिले कार्यसमितिकी सदस्य एवंम पूर्व खेलाडी इन्दिरा निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । २०३३ सालमा गठन भएको भलिबल संघको अध्यक्षमा महिलाहरु आंकाक्षी बनेका पहिलो अवसर हो ।

सघंको आगामी निर्वाचनमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिने अवस्था नआएमा अध्यक्ष पदमामा आफूले उम्मेदवारी दिने निरौलाले जनाएकी छिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दोस्रो कार्यकाल सदस्य रहेकी निरौलाले नयाँ वर्षसँगै नयाँ जोसका साथ आफूले उम्मेदवारी दिने सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।

फेसबुकमा उनले लेखेकी छन्, ‘ मनोरञ्जन रमण शर्माको अभिभावकत्व र महासचिव जितेन्द्र बहादुर चन्द जसले भलिबल खेलको लागि आफ्ना व्यक्तिगत इच्छा आकांक्षालाई थाती राखेर विगत आठ वर्षदेखि भलिबल खेललाई यस उचाईमा पु¥याउनका लागि आफ्नो बुद्धि विवेकको सदुपयोग गर्दै सुतेको भलिबललाई हामी सबै भलिबल खेलसँग आबद्ध व्यक्तिहरूको साथ र सहयोग लिई यहाँ सम्म ल्याई पुर्याउन सफल भएका छौं ।’

उनले अगाडि भनेकी छिन, हामीले थोरै गरेका छौं । धेरै गर्न बाँकी छ, आगामी नेतृत्व कसले लिने भन्ने भन्दा पनि भलिबल खेल विकासका लागि को पात्र उपयुक्त हुन्छ भन्ने कुराले महत्व राख्छ र यो कुरालाई सबैले सोच्नु पर्ने आजको आवश्यकता पनि हो त्यसैले यदि शर्मा र चन्द ले भलिबल संघमा उम्मेदवारी दिने अवस्था नभएमा वा गर्न नदिएको खण्डमा उपयुक्त पात्र आउन नसक्ने अवस्था सृजना हुन सक्ने अवस्थालाई ध्यानमा राखी मैले भलिबल खेललाई बचाइ राख्नका निम्ति पनि साल २०७८ को सुरुवातमा मैले धेरै कुरा मनन गरेर नेपाल भलिबल संघको अध्यक्ष पदको उमेदवारी घोषणा गर्ने निर्णय गरेको छु ।

‘नया बर्षसँगै नयाँ नेतृत्वले पनि भलिबल खेलको भविष्य निर्धारण गर्ने भएकोले पनि यो वर्ष भलिबल खेलप्रेमी का लागि निकै महत्व राख्ने भएकोले, संघ बलियो भएमात्रै संघमा रहने मान्छेहरू स्वच्छ, इमान्दार, भलिबल खेल बुझेका तथा सहयोगी मनका पदाधिकारी साथीहरुको आगमन भएमात्रै नेपाली भलिबलले थप उचाइ प्राप्त गर्न सक्नेछ ’ उनले भनेकी छन् ।

४ वर्षअघि कार्यसमितिले निरौलालाई भलिबल संघको सदस्यमा मनोनयन गरेको थियो । उपाध्यक्ष मास्केले पनि वर्तमान अध्यक्ष शर्माले निरन्तरता दिन चाहेको अवस्थाबाहेकमा आफूले उम्मेदवारी दिने गत वर्ष जनाएकी थिइन् ।

२०७७ मा नयाँ ऐन आएसँगै संघहरु प्रादेशिक जानेमा कार्यविधि तयार भइरहेपनि त्यसले पुर्णता नपाउदा राखेपमा दर्ता संघहरुको निर्वाचन हुन सकेको छैन । भलिबल संघको गतवर्ष असार पहिलो साता नै निर्वाचन सम्पन्न भइसक्नुपर्ने थियो । तर, कार्यविधि तयार नभएकाले भलिबलसहित धेरै संघको निर्वाचन हुन सकेको छैन ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.