4 years ago
April 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता-२०७८ अर्काे सातादेखि सुरु हुने भएको छ ।
आयोजक भोटेकोशी गाउँपालिकाको बिहिबार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिता वैशाख ८ देखि ११ सम्म हुने छ । प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफसँगै होंगान्जी न्यू डायमण्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघ गरी ६ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता लिग कम नकआउट पद्दतिमा आयोजना हुनेछ । प्रतियोगिता विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधि सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७-७ हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाका लागि भोटेकोशी गाउँपालीकाले ५ लाख रुपैयाँ छुट्याएको छ । प्रतियोगिताको हरेक खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गर्नेछ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]