default_image

4 years ago

April 8, 2021

त्यो आँसुपछिको यो हाँसो

256 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

पछिल्लो पटक रंगशालामा भएको फाइनलमा आँखाभरी आँसु बोकेर स्ट्रेचरमा मैदान छाडेकी प्रतिभा मालीको बिहीबार फाइनल सकिँदा पनि आँखा ओभानो रहेन । दुखपछिको खुसीको थप महत्त्व हुने भएकोले नै होला अन्य खेलाडीभन्दा स्पाइकर प्रतिभालाई न्यु डायमन्ड लिग च्याम्पियन बन्दाको क्षण केहि विशेष थियो ।

गत वर्ष माघमा न्यु डायमन्ड विरुद्ध एपिएफको फाइनल, प्रतिस्पर्धात्मक खेलमा दर्शकहरुको उत्साह एक्कासी सन्नाटामा बदलियो । प्रतिभाको स्पाइक ब्लक भएपछि बल बाहिर गयो, अंक त डायमन्डले पायो तर उक्त स्पाइकपछि ल्यान्ड गर्दा उनी चोट बोक्न पुगिन् ।

त्यसबेला क्लब च्याम्पियनसिपको फाइनलमा उनले घुँडामा गम्भीर चोट बोकेकी थिइन् । उक्त खेलमा एपिएफलाई हराउने संघारमा पुगेको टोली प्रतिभाको कारण फाइनलमा पराजित हुन पुगेको थियो ।

एसीएल शल्यक्रिया गरेको १४ महिनापछि प्रतिभा फेरी रंगशालामा लिग च्याम्पियनसिपको फाइनलमा उत्रिइन् । यसपटक भने चोटपछिको पुनरागमनलाई सुखद बनाउने क्रममा उनले टोलीलाई उपाधि दिलाइन् । यससँगै डायमन्डले उपाधि खडेरीमा पनि पूर्णविराम लगायो ।

प्रतिभा आफैं उपाधि जित्दा खुसी देखिएपनि आफ्नो पुनरागमन भने अझै बाँकी रहेको बताउँछिन् । उनी भन्छिन, ‘अझै पूरै फर्केको छैन, मैले केहि गरेजस्तो नै लागेको छैन । अझै लयमा आउन अझै बाँकी छ ।’

प्रतिभा आफैं यसो भनिरहँदा उनको १४ महिना लामो यात्रामा धेरै पक्ष छन् जसले यसलाई सार्थकता दिए । यसमा घर परिवारको साथ, आफ्नो टोलीको सहकार्यसँगै उनलाई मैदान फर्काउन कटिबद्ध भएर लागेका डाक्टर र फिजियोथेरापिस्टको पनि उत्तिकै मिहिनेत छ ।

बिहीबार प्रतिभा मैदानमा उत्रँदा उनको टोली र परिवारसँगै न्यु डायमन्डसँग सहकार्य नै अघि गरेको अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरका फिजियोहरुको पनि उपस्थिति थियो । न्यु डायमन्डको जित त छँदै छ, प्रतिभाको सफल पुनरागमनलाई हेर्न पाउँदा उनीहरु निकै हर्षित देखिन्थे ।

त्यसो त प्रतिभाको चोटपछि क्लबले रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेर नै खेलाडीहरुलाई प्रतियोगिता मात्र नभएर प्रशिक्षणमा पनि फिजियो उपलब्ध गराएको छ । केहि हदसम्म खेलाडीको फिटनेस र चोटमुक्त हुनुमा यसले सहयोग पुर्याएको छ । अझ लामो समयदेखि चोटबाट गुज्रिरहेका प्रतिभा, अरुणा शाही, ललिता नाथ लगायत खेलाडीलाई फिजियोको उपस्थितिले सहयोग पुगेको छ ।

पछिल्लो समय टोलीसँग रहेका फिजियो उज्ज्वल डोटेल प्रशिक्षण स्थलमै पनि पुग्ने गरेका छन् । खेलाडीको अवस्थाबारे उनी उत्तिकै जानकार छन् । अर्थोप्लास्टले यसअघि नेपालगन्जमा भएको प्रधानमन्त्री कपमा रोशन मगरलाई टोलीसँग पठाएको थियो । यसबाहेक सेन्टरले क्लबको प्रशिक्षण स्थलमै गैर स्वास्थ्य निर्देशक सुरज भुषालको उपस्थितिमा सबै खेलाडीसँग अन्तरक्रिया पनि गरेका थिए ।

विगत एक वर्षका दौरान प्रतिभाले निकै मिहिनेत गरेकी छिन् । शल्यक्रियाको केहि सातासम्म सामान्य फिजियो गरेकी उनले त्यसपछि भने लगातार ग्वार्कोस्थित सेन्टरमै पुगेर नियमित फिजियो गराइन् । लकडाउनको कारण कठिन परिस्थितिमा पनि उनले घरमै रहेर आफ्नै हिसाबले परामर्श लिँदै आफ्नो लक्ष्यमा लागिरहिन् ।

अझ टोलीसँग नियमित फिजियो नै हुने भएपछि उनको ग्राउन्ड रिह्याबिलिटेसनमा निकै सहयोग पुगेको थियो । उनलाई खेलमा फर्कन पनि प्रशिक्षक कुमार राईले फिजियोकै सल्लाह अनुसार प्रयोग गरे ।

एपिएफविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाट मैदान फर्किएकी उनले केहि समय मात्र कोर्टमा बिताइन् । त्यसपछि टाइगर कपमार्फत भने उनले प्रतिस्पर्धात्मक खेल खेलिन् । त्यसपछि प्रधानमन्त्री कपमा उनको प्रदर्शनमा निखार पनि देखियो ।

एनभीए लिगमा उनी लयमा फर्किएको लख काट्न सकिन्थ्यो । उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी हुनुले पनि त्यसलाई पुष्टि गरेको छ । तर प्रतिभा त्यो मान्न तयार छैनन् । उनलाई लाग्छ उनीबाट अझै राम्रो प्रदर्शन आउँछ । र नेपाल अब भदौमा एसियाली च्याम्पियनसिप खेल्ने तयारी गरिरहँदा प्रतिभाबाट यस्तो दृढता आउनु सुखद पक्ष हो ।

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.