4 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बुलबुले रारा भलिबल क्लबले पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।
अघिल्लो दिन त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पारेको बुलबुलेले शनिबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । च्याम्पियनसिपको तेस्रो दिनको अन्तिम खेलमा तीन पाकिस्तानी खेलाडी उतारिरहेको बुलबुलेले पुलिसलाई २५–२२,२५–१९ र २६–२४ ले पराजित गरेको थियो । ३ खेलमा बुलबुलेको ६ अंक पुगेको छ ।
त्यसअघि शनिबारका अन्य खेलमा टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब र नेपाल एपिएफ क्लब विजयी भएका थिए । हेल्प नेपालले मणिमुकन्द भलिबल क्लबलाई २५–१५,२५–१६ र २९–२७ ले हराएको थियो । दोस्रो जितसँगै हेल्प नेपालको २ खेलबाट ६ अंक पुगेको छ । मणि मुकुन्दले तीन खेल्दा अंकको खाता खोल्न सकेको छैन ।
अर्को खेलमा एपिएफ क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१२, २५–१६ र २५–१६ ले पराजित गरेको थियो । लगातार तेस्रो जितसँगै एपिएफको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित नयाँ बजारले तीन खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन । त्यसअघि महिलातर्फका ३ खेल भएका थिए । शनिबार भएको खेलमा आर्मी र ढोरपाटनले सहज जित निकालेका थिए । अर्को ५ सेट सम्म चलेको खेलमा पुलिसले एपिएफलाई हराएको थियो ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]