default_image

4 years ago

April 2, 2021

आर्मी बुलबुलेसँग स्तब्ध

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार त्रिभुवन आर्मी क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबसँग स्तब्ध बनेको छ ।

राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मी तीन पाकिस्तानी र गण्डकी प्रदेशका हरि पाण्डे, घनश्याम चौधरी, कमल सुनारसम्मिलित बुलबुलेसँग ३–१ को सेटमा स्तब्ध बनेको हो । आर्मीले सुरुवाती सेट आफ्नो पक्षमा पारेपनि त्यसपछि तीनै सेट गुमाएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा आर्मीले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।

त्यसपछि लय गुमाएको आर्मीले दोस्रो सेट २१–२५ ले र तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेटमा सुरुवातमा फराकिलो अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा आर्मीले लिगमा पहिलो हार बेहोर्न पुग्यो । बुलबुलेले १८–१८ को बराबरीको अवस्थाबाट २५-२३ को जित निकाल्न सफल भएको हो । बुलबुलेको यो पहिलो जित हो । पाकिस्तानका मुराद जेहानले घाइते हुनका बाबजुद उत्कृष्ट प्रदर्शन गर्दा बुलबुलेको जितको आधार तय भएको थियो ।

यसअघि बुलेबुले पहिलो खेलमा एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो । जितपछि बुलबुलेले दुई खेलबाट ३ अंक जोडेको । आर्मीको पनि दुई खेलबाट ३ अंक नै रहेको छ । आर्मीले पहिलो खेलमा मणिमुकुन्दलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यसअघि शुक्रबार भएको खेलमा एपिएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपिएफले पहिलो सेट २५–१९ ले आफ्ना पक्षमा पार्दा दोस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो सेटमा एपिएफ २५–२० ले विजयी हुन सफल भयो । लगातार दोस्रो जितसँगै एपिएफको २ खेलबाट ६ अंक पुगेको छ ।

शुक्रबार नै पुरुषतर्फ हेल्प नेपालले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-१ ले पराजित गरेको थियो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प नेपालले पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा नयाँ बजारले २५-२३ को जित हासिल गर्दै खेल बराबरीमा ल्यायो । तर त्यसपछि लगातार दुई सेट जित्दै हेल्प नेपालले पूरा ३ अंक हासिल गर्यो । हेल्प नेपालले तेस्रो सेट २५-२२ र चौथो सेट २५-१६ ले पराजित गर्यो ।

त्यसअघि महिलातर्फ भएको प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबले होंगान्जी न्यु डायमन्डमाथि ३-२ को रोमान्चक जित हासिल गर्यो । आर्मीले पहिलो, तेस्रो र पाँचौ सेटमा जितका साथ विजयी सुरुवात गरेको हो । आर्मीले न्यु डायमण्डलाई २५-१७, २०-२५, २५-२३, १५-२५ र १५-१२ ले हराउँदै पहिलो जित निकालेको हो ।

पहिलो खेलमा न्यु डायमण्डले ढोरपाटन स्पोर्टस क्लबमाथि ३-० को सोझो सेटमा जित निकालेको थियो । आर्मीले आफ्नो दोस्रो खेल शनिवार ढोरपाटनसँग खेल्ने छ । न्यू डायमण्डले आफ्नो तेस्रो खेल शनिवार भरतपुर महानगरपालिका क्लबसँग खेल्ने छ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

Success

Thank you for your time.