default_image

4 years ago

March 21, 2021

आर्मीका मानबहादुर इलाममा सर्वोत्कृष्ट

335 views

0 Bookmark

दिपक बोहरा/भुपेन्द्र जि.सी, ईलाम

त्रिभुवन आर्मी क्लबका ओपनर स्पाइकर मानबहादुर श्रेष्ठ दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

प्रतियोगितामा आर्मीलाई अपराजित रहँदै उपाधि जिताउन मानबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए । आर्मीले आइतबार ईलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा भारतीय विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्राप्त गरे ।

आर्मीले विमानलाई १७–२५, २२–२५, २५–१४, २५–१८ र १५–१२ ले हराउँदै उपाधि जितेको हो । तीन भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमानविरुद्ध सुरुवाती दुई सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट प्रर्दशनका साथ लगातार तीन सेट जित्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधि जिताउन मान बहादुरको प्रदर्शन उत्कृष्ट थियो ।

आर्मीकै ओपन स्पाइकर धन बहादुर भट्ट प्रतियोगिता सर्वोत्कृष्ट स्पाइकर चुनिए । आर्मीका भैरव बम प्रतियोगिता उत्कृष्ट क्विकर घोषित भए । प्रतियोगिता उत्कृष्ट ब्लकर विमानका प्रिन्स मलिक चुनिदा सेटर रोहित कुमार चुनिए । आर्मीका जगतसिंह सर्वोत्कृष्ट प्रशिक्षक चुनिए ।

सर्वोत्कृष्ट खेलाडी मान बहादुर र प्रशिक्षक जगतसिंह समान ५–५ हजार प्राप्त गरे । अन्य सबै विधाका खेलाडीले २५–२५ सय प्राप्त गरे । आर्मीले विमानलाई समूह चरणमा ३–२ ले पराजित गरेको थियो । समूह ए मा आर्मी, विमान, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश थिए । समूह बी मा एपिएफ, पुलिस र दमक थिए ।

समूह ए बाट आर्मी विजेता र विमान उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका थिए । समूह बी बाट एपिएफ विजेता र पुलिस उप विजेता बनेका थिए । सेमिफाइनलमा आर्मीले पुलिस र विमानले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.