8 years ago
October 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष राई र पवन भट्टराई आइवा युथ विश्व च्याम्पियानसिपका लागि छनोट भएका छन् । रसियाको सेन्स पिटरवर्गमा नभेम्वर १४ देखि २७ सम्म हुने प्रतियोगिताका लागि सुनसरीका सन्तोषले ५२ केजी तौल समूहको अन्तिम खेलमा मेगदुतका प्रदिप घिमिरेलाई स्पिलिटको आधारमा २–१ ले पराजित गदै विश्व च्याम्पियानसिपमा स्थान सुरक्षित गरेका थिए ।
मेघदुतका प्रदीप घिमिरेमाथि मुक्का प्रहार गर्दै सन्तोष राई । फोटो–राखेप
त्यस्तै नक्सालका पवनले ६४ केजी तौल समूहमा आफ्नै क्लबका सुमित पिठाकोटीलाई अंकका अधारमा हराउँदै छनोट हुन सफल भएका हुन् । नेपाल बक्सिङ संघको आयोजनामा त्रिपुरेश्वर स्थित केन्द्रिय बक्सिङ प्रशिक्षण केन्द्रमा संचालन भएको छनोट कार्यक्रममा राखेपका सदस्य नारायणप्रसाद पौडेल,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरलगायतको उपस्थिति रहेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]