default_image

4 years ago

March 15, 2021

भुवनलाई अग्रता, सुबासको होल इन वन

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ कोर्षमा सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ भुवन नगरकोटीले ४ स्ट्रोकको अग्रता लिएका छन् ।

स्थानीय कोर्षमा भुवनले ८ अन्डर ६४ को सानदार स्कोर जोडेपछि अग्रता बनाएका हुन् । उनले रामे मगर र एमेच्योर गल्फर विजय श्रेष्ठ ऐनहाउसलाई पछि पारेका हुन् । विजय र रामेको ४ अन्डर ६८ स्कोर रहेको छ । तेस्रो स्थानमा राजेन्द्र श्रेष्ठ प्रधानसँगै दक्षिण एसियाली खेलकुदका स्वर्णधारी सुबास तामाङ र शुक्रबहादुर राई छन् । तीनैजनाको ३ अन्डर ६९ स्कोर रहेको छ ।

सुबासले दिनको सुरुवातमै पाँचौ होलमा होल इन वन गर्दै राम्रो लय समातेका थिए । फ्रन्ट नाइनको तेस्रो होल तथा ब्याकमा ११ औं, १२ औं र १३ औंमा बर्डी गरेका उनले १५ औं मा बोगी तथा १४ औं मा डबल बोगी खेपे । यता अग्रस्थानमा रहेका भुवनले भने फ्रन्ट नाइनमा ६ अन्डर ३० तथा ब्याक नाइनमा २ अन्डर ३४ को स्कोर बनाए । उनले सुरुवाती चार होलसँगै सातौँ, नवौं, ११ औं र १४ औं होलमा बर्डी खेलेका हुन् ।

कुल ६१ गल्फरको सहभागिता रहेको यस प्रतियोगितामा ४४ व्यावसायिक र १७ एमेच्योर गल्फरले सहभागिता जनाएका छन् । प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ३५ हजार रुपैयाँ रहेको छ । पहिलो हुनेले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ८० हजार तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पाउनेछन् । शीर्ष २१ गल्फरले नगद प्राप्त गर्नेछन् ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

Success

Thank you for your time.