4 years ago
March 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भोटेकोशी गाउँपालिकाको आयोजनामा चैत्र पहिलो साता आयोजना हुने भनिएको भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ हाललाई स्थगित भएको छ ।
आयोजक भोटेकोशी गाउँपालिकाको प्रतियोगिता व्यवस्थापन मूल समितिका संयोजक कुमार श्रेष्ठले खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै हाललाई प्रतियोगिता स्थगित गरिएको जानकारी दिए । उनले भर्खर मात्र नेपालगन्जमा प्रधानमन्त्री कप सम्पन्न भएको र चाडै नै काठमाडौंमा एनभीए लिग हुन लागेकोले खेलाडीलाई असर नपर्ने हिसाबले प्रतियोगिता स्थगित गरिएको बताए ।
श्रेष्ठका अनुसार प्रतियोगिता उपयुक्त समय छानेर आयोजना हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसँगै होंगान्जी न्यु डायमन्डले खेल्ने कार्यक्रम रहेको थियो । प्रतियोगिता चैत्र ४ देखि ६ गतेलाई तोकिएको थियो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]