default_image

4 years ago

March 9, 2021

एपिएफ प्रधानमन्त्री कपको च्याम्पियन!

190 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता उपाधि जितेको छ ।

मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गर्ने छन् । एपिएफ लिगमा शीर्षस्थानमा रहँदै उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

खेलमा राम्रो प्रतिस्पर्धा गरेपनि पुलिसले कुनै सेट भने जित्न सकेन । सुरुवाती देखिनै उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा पुलिस अन्तिम समय चुक्न पुग्यो । पहिलो सेटमा एक समय १६–१६ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंकको अग्रता लिँदै २५–२२ ले जितेको थियो ।

निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपिएफले २५–२१ ले जित हात पार्यो । २१–२१ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंक जोड्दै सेट जित्दै उपाधि नजिक पुगेको थियो ।

तेस्रो सेटमा पनि दुबै टोलीले सुरुवात देखिनै उच्च प्रतिस्पर्धा गरे । १०–१० को बराबरी अवस्थाबाट पुलिसले लगातार तीन अंक जोड्दै सेटमा एक समय अग्रता लिएको थियो । तर त्यसलाई निरन्तरता दिन सकेन । एपिएफले उत्कृष्ट पूनरागमनका साथ पुन पाँच अंकको अग्रता लिँदै २०–१५ अवस्थामा पुग्दै उपाधि सहज बनाएको थियो ।

एपिएफले तेस्रो सेटमा पुलिसलाई २५–१९ ले हराउँदै उपाधि जितेको हो । एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । एपिएफलाई उपाधि दिलाउन सरस्वती चौधरीको प्रर्दशन खेलमा उच्च रह्यो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो । न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो । न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार प्राप्त गर्ने छन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.