default_image

4 years ago

March 9, 2021

लुम्बिनीमाथि न्यु डायमन्डको जित

175 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आफ्नो अन्तिम खेलमा लुम्बिनी युनाइटेड क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको छ ।

मंगलबार दिउँसो नेपालगन्जस्थित रंगशाला परिसरको कभर्डहलमा न्यु डायमन्डले लुम्बिनी युनाइटेडलाई २५-१६, २५-११ र २५-१३ ले हराउँदै तेस्रो भएको हो । तेस्रो भएको न्यु डायमन्डले रु १ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

आजको खेलमा न्यु डायमन्डले आफ्ना प्रमुख खेलाडी प्रतिभा माली, कप्तान ललिता नाथ, अरुणा शाही, सलिना श्रेष्ठ लगायतका खेलाडीलाई पूरा समय कोर्ट बाहिर राख्दै युवा खेलाडीलाई मौका दिएको थियो । युवा खेलाडी प्रगति नाथ, रिमा कुँवर, एन्जिला महर्जन, प्रतिक्षा गुरुङ लगायत खेलाडीले पूरा समय कोर्टमा बिताएका थिए । खेलमा प्लेयर अफ द म्याच रिया कुँवर भइन् ।

पहिलो खेलमा पुलिससँग ३–२ को सेटमा पराजित भएको डायमन्डले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । तेस्रो खेलमा न्यु डायमन्ड एपिएफसँग ३-१ को सेटमा पराजित भएपछि उपाधिको सम्भावना सकिएको थियो । लुम्बिनी युनाइटेड आफ्नो चारै खेलमा सोझो सेटमा पराजित हुँदै अंक विहिन हुँदै पुछारमा रह्यो ।

उपाधिको लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । खेल केहि समयमा सुरु हुँदै छ । चौथो भएको आर्मीले ५० हजार पाउने छ । लिगको विजेताले उपाधिसहित ५ लाख र दोस्रो टोलीले २ लाख पाउने छन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.