4 years ago
March 8, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक पुगेको छ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार नेपालगन्जस्थित रंगशाल कर्भहलमा भएको खेलमा एपिएफले होंगान्जी न्यु डायमन्डलाई ३-१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।
पहिलो सेटमा पराजित भएपनि एपिएफले त्यसपछि उत्कृष्ट प्रर्दशनका साथ लगातार तीन सेट जित्दै उपाधि सम्भावना बलियो बनाएको छ । एपिएफले होंगान्जी न्यु डायमन्डलाई २३-२५, २५-१३, २५-१७ र २५-२२ ले पराजित गर्यो ।
पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-१ र दोस्रो खेलमा लुम्बिनी युनाइटेड टिममाथि ३-० को सोझो सेटमा पराजित गरेको थियो । पहिलो खेलमा पुलिससँग ३–२ को सेटमा पराजित भएको डायमन्डले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
एपिएफको ३ खेलमा ९ अंक छ भने पुलिस २ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ । न्यु डायमन्डको ३ खेलमा ४ अंक छ । आर्मी ३ अंक र लुम्बिनी अंकविहिन छ ।
लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ । लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]