4 years ago
March 7, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार नेपालगन्जस्थित रंगशाल कर्भहलमा भएको खेलमा एपिएफले लुम्बिनी युनाइटेड टिममाथि ३-० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको हो । एपिएफले लुम्बिनी युनाइटेडलाई २५-८, २५-१२ र २५-८ ले हराएको हो ।
पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गदै विजयी सुरुवात गरेको छ । लुम्बिनी युनाइटेडको यो लगातार तेस्रो हार हो । लुम्बिनी पहिलो खेलमा आर्मी र दोस्रोमा पुलिससँग समान ३-० को सोझो सेटले पराजित भएको थियो ।
लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ । लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
January 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले महिला प्रधानमन्त्री कपमा सानदार डेब्यु गरेको छ । कैलालीमा जारी रहेको महिला पिएम कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली आर्मीले सानदार सुरुवात गरेको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १० विकेटको फराकिलो जित हासिल गरेको हो । घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु […]
January 19, 2025
मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]
January 19, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]