4 years ago
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुमन जोशीले नेपालको गल्फ इतिहासमा नै पहिलोपटक होल इन वनमा राखिएको कार उपाधि जितेका छन् ।
शनिबार गोकर्ण गल्फ कोर्षमा स्वर्गीय आङ्ग छिरिङ शेर्पाको स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको होल नम्बर १० मा सुमनले होल इन वन गर्दै कार जित्न सफल भएका हुन् । उनले १ सय ६५ यार्ड टाढा रहेको होलमा होल इन वनको सफलता प्राप्त गरे । सुमनले पुरस्कार स्वरुप कियाको सोनेट कार जितेका छन् । सो पुरस्कारको प्रायोजन कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले गरेको छ ।
यसअघि विभिन्न प्रतियोगिताहरुमा होल इन वन गर्नेले कार उपाधि पाउने भनेपनि कसैले जित्न सकेका थिएनन् । यद्यपि अन्य प्रतियोगितामा पनि होल इन वन भएका थिए । तर कार पुरस्कार नै राखिएको प्रतियोगितामा होल इन वन गरेर उपाधि जित्ने सुमन पहिलो गल्फर बनेका छन् ।
प्रतियोगिताको समग्र उपाधि भने सुनिल कार्कीले जिते । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगिता ४१ अंकका साथ कार्कीले उपाधि जिते । उपविजेता ४० अंकका साथ ताहिर शाह भए ।
त्यसैगरी हृदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रस रनरअपको उपाधि विजय श्रेष्ठ आईनहाउसले प्राप्त गरे । स्वर्गीय आङ्ग छिरिङ शेर्पाको फेवरेट होल (होल नम्बर १३) मा बाबु शेर्पाले होलको सबभन्दा नजिक प्रहार गरेर क्लोजेस्ट टु द पिन विजेता बने ।
महिलातर्फको उपाधि ३८ अंकका साथमा कश्मिरा शाहले जितेकी छिन् । महिलातर्फ रनरअपको विजेता गिता गुरुङ्ग बनिन् । सिनियरतर्फको विजेता प्रदिप कुमार श्रेष्ठ बने । जुनियरतर्फ ४४ अंकका साथ शयान बस्नेत बिजेता बने । तासी छिरिङ डोङ लङ्गेस्ट ड्राइभ विधाको बिजेता बने । दावा जे शेर्पाले प्रतियोगिताको मोस्ट बर्डीज उपाधि जिते । क्लोटेस्ट टु द पिन तर्फको उपाधि सुरेन्द्र फुँयालले जिते । सबै विजेताले यति एअरलाइन्सको तर्फबाट हवाई टिकट सहित विभिन्न टुर प्याकेज प्राप्त गरेका छन् ।
आङ्ग छिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्त रुपमा गल्फ प्रतियोगिताको आयोजना गरेको थियो । दुईदिन सम्म चलेको उक्त प्रतियोगिताल १६० जनाले सहभागीता जनाएका थिए । प्रतियोगीतामा सहभागी खेलाडीबाट उठाईएको ३ लाख बिस हजार रकम शान्ति सेवा गृह, तिलगंगा र वल्र्ड भिजन ईन्टरनेशनल इन नेपाल लाई दामासाही रुपमा प्रदान गरिएको थियो ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]