default_image

4 years ago

March 6, 2021

पुलिसको लगातार दोस्रो जित

160 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुलिस लुम्बिनी युनाइटेड टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै लिगमा शीर्षस्थानमा उक्लिएको छ । नेपालगन्जस्थित रंगशालाको कर्भहलमा भएको खेलमा एकपक्ष जित निकाल्ने क्रममा पुलिसले लुम्बिनीलाई २५-८, २५-१२ र २५-१४ ले ले पराजित गर्यो ।

पहिलो र दोस्रो सेटको तुलनामा लुम्बिनीले तेस्रो सेटमा केहि सुधारिएको प्रर्दशन गरेको थियो । तेस्रो सेटमा लुम्बिनीले पहिलो पटक तीन अंकको अग्रता लिएपनि धेरै समय कायम गर्न सकेन । उपाधिको दोबदार पुलिससँग सहजै पराजित गर्न पुग्यो ।

यसअघि पुलिसले पहिलो खेलमा उद्घाटन खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटले पराजित गरेको थियो । लुम्बिनी पहिलो खेलमा आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । शनिबार पहिलो खेलमा एपिएफले आर्मीलाई ३-१ ले हराउँदै विजयी सुरुवात गरेको थियो ।

प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेडको सहभागिता छ । विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.