default_image

4 years ago

March 6, 2021

आर्मीलाई हराउँदै एपिएफको विजयी सुरुवात

136 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता दोस्रो दिन पहिलो खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गदै विजयी सुरुवात गरेको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा एपिएफले आर्मीलाई २४-२६, २५–२३, २५–१६, २५-२३ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । शनिबार नेपालगन्जस्थित रंगशालाको कर्भहलमा भएको खेलमा एपिएफले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै खेलमा विजयी सुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा आर्मी २६–२४ ले विजयी भएको थियो । दोस्रो सेट सुरुवात देखिनै उच्च प्रतिस्पर्धा भएको थियो । एक समय तीन अंकले पछि परेको एपिएफले २५–२३ ले जित निकाल्दै खेललाई रोमान्चक बनायो ।

तेस्रो सेट पनि सुरुवात प्रतिस्पर्धात्मक बनेपनि त्यसपछि एपिएफले लगातार अंक जोड्दै सहज जित निकालेको थियो । एपिएफले लगातार ९ अंक जोडेपछि तेस्रो सेट २५–१६ ले सहजै जितेको थियो ।

चौथो सेटमा आर्मीले सुरुवाती पाँच अग्रता लिदै राम्रो सुरुवात गरेपनि अन्तिम समयमा चुक्न पुगेको थियो । एपिएफले राम्रो पूनरागमनका साथ सेट १५–१५ को अवस्थामा पुर्याएको थियो । त्यसपछि भने खेलमा पुनः प्रतिस्पर्धा भएको थियो । तर एपिएफले अन्तिम समयमा उत्कृष्ट प्रर्दशनका साथ २५-२३ ले जित्दै विजयी सुरुवात गरेको हो । टोली पराजित भएपनि आर्मीकी शान्ति थारुको प्रर्दशन भने उत्कृष्ट थियो । खेलमा एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ द म्याच चुनिइन् ।

आर्मीले पहिलो खेलमा स्थानिय टोली लुम्विनी युनाइटेड टिमलाई ३–० को सेटले हराएको थियो । लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ ।

लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगमा शनिबार दुई खेल हुनेछ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.