4 years ago
March 5, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले स्थानिय टोली लुम्विनी युनाइटेड टिममाथि सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा आर्मीले स्थानिय टोली लुम्विनी युनाइटेड टिममाथि ३–० को एकपक्षीय जित निकाल्यो । आर्मीले लुम्बिनीमाथि २५–८, २५–८ र २५–७ को सहज जित निकालेको थियो । यो जितसँगै आर्मीको ३ अंक पुगेको छ । आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच चुनिइन् ।
त्यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबले होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेट अन्तरले हराउँदै विजयी सुरुवात गरेको थियो । लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ ।
लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगमा शनिबार दुई खेल हुनेछ ।
दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब लुम्बिनी युनाइटेड टिमबीच ३ बजे प्रतिस्पर्धा हुनेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]