default_image

4 years ago

March 5, 2021

न्यु डायमन्डलाई हराउँदै पुलिसको विजयी सुरुवात

138 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

शुक्रबार नेपालगन्जस्थित रंगशालाको कर्भहलमा भएको खेलमा पुलिसले न्यु डायमन्डलाई ३-२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पुलिस पहिलो, तेस्रो र पाँचौ सेटमा विजयी भएको थियो । पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भएको थियो । दोस्रो सेटमा उच्च प्रतिस्पर्धात्मक भएको थियो । रोमान्चक बनेको दोस्रो सेटमा कप्तान ललिता नाथले अन्तिम समयमा लगातार दुई अंक जोड्दै न्यु डायमन्डलाई २८–२६ को जित दिलाएकी थिइन् ।

तेस्रो सेटमा पुलिसले सुरुवाती ६ अंकको अग्रता लिदैं ९–३ को अवस्थामा थियो । न्यू डायमन्डले राम्रो पूनरागमन गर्दै १३–१३ को बराबरी अवस्थामा पुर्याएको थियो । तर १९–१९ को अवस्थाबाट पुलिसले लगातार ६ अंक जोड्दै २५–१९ को जित निकाल्न सफल भयो ।

चौथो सेट न्यू डायमन्डले २५–१७ ले सहजै जित्दै पाँचौं सेटमा पुर्याएको थियो । प्रतिभा मालीको प्रर्दशन उच्च थियो । निर्णाय पाँचौं सेट पुलिसले १५–८ ले जित्यो ।

प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ । विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.