default_image

4 years ago

February 16, 2021

न्यु डायमन्डकी झरना सर्वाेत्कृष्ट

187 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – होङ्वान्जी न्यु डायमन्ड एकेडेमीकी झरना श्रेष्ठ प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

डायमन्डलाई उपाधि दिलाउन स्पाइकर झरना श्रेष्ठको महत्वपुर्ण भुमिका रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै झरनाले ५ हजार रुपैयाँसँगै ट्रफी हात पारिन् । व्यक्तिगत विधातर्फ च्यामिपयन डायमन्डले वर्चस्व जमाउँदा सेटरमा प्रतिक्षा गुरुङ, ब्लकरमा बालमिका आचार्य, डिफेन्डरमा एन्जिला प्रधान, सर्भरमा रिया कुँवर र प्रशिक्षकमा कुमार राई उत्कृष्ट ठहरिए ।

न्यु होराइजन स्पोर्ट्स क्लबकी लक्ष्मी चन्द उत्कउष्ट स्पाइकर घोषित भइन् । कुँवरवर्तीकी राधा बुढाथोकी अनुशाषित खेलाडी चुनिदा कुवरवर्ती ‘बी’ की रिचा थापा उदियमान खेलाडी घोषित भए । सबै उत्कृष्टहरुले समान ३–३ हजार रुपैयाँ प्राप्त गरे ।

सर्वाेत्कृष्ट खेलाडी – झरना श्रेष्ठ (न्यु डायमन्ड)

अनुशासित खेलाडी – राधा बुढाथोकी (कुँवरवर्ती)

स्पाइकर – लक्ष्मी चन्द (न्यु होराइजन)

सेटर – प्रतिक्षा गुरुङ (डायमन्ड)

ब्लकर – बालमिका आचार्य (डायमन्ड)

डिफेन्डर – एन्जिला प्रधान (डायमन्ड)

सर्भर – रिया कुँवर (डायमन्ड)

उदियमान खेलाडी – रिचा थापा (कुँवरवर्ती ‘बी’)

प्रशिक्षक – कुमार राई (डायमन्ड)

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.