4 years ago
February 13, 2021
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
विभागीय टोली आर्मीलाई स्तब्ध पार्दै गण्डकी प्रदेशलाई उपाधि जिताउन घनश्याम हिरो बन्दै सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेका घनश्याम सर्वोत्कृष्ट खेलाडी चुनिदै नगद २० हजार ट्रफि प्राप्त गरे ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो । पुरुषतर्फ उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीका हरि अधिकारी, उत्कृष्ट सर्भर आर्मीकै शरण समारी क्षेत्री, उत्कृष्ट स्पाइकर आर्मीका दानबहादुर भट्ट क्षेत्री, उत्कृष्ट सेटर गण्डकी प्रदेशका सूजन चोखाल, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी मगर चुनिए । गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।
यी सबैले ५-५ हजार र ट्रफि प्राप्त गरे । च्याम्पियन गण्डकीले उपाधिसहित समान १ लाख ५० हजार प्राप्त गर्ने छ । उपविजेता आर्मीले ७५ हजार प्राप्त गरे ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]