default_image

4 years ago

February 13, 2021

उषा टाइगर कप भलिबलको सर्वोत्कृष्ट खेलाडी

201 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

नेपाल पुलिस क्लबलाई उपाधि जिताउन महत्वपूर्ण प्रर्दशन गरेकी युवा स्पाइकर उषा सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन् । उषाले नगद २० हजार र ट्रफी सहित सम्मानित भइन् । उत्कृष्ट ब्लकर नेपाल एपिएफकी हिरा केसी, उत्कृष्ट सटर पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली, उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसकी सान्तिकला तामाङ चुनिए ।

रुपेश विष्ट महिला भलिबलका उत्कृष्ट प्रशिक्षक चुनिए । ब्यक्गित अवार्ड जित्ने यी सबै ५–५ हजार प्राप्त गरे ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा पुलिसले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । विजेता पुलिसले १ लाख ५० हजार, उप विजेता एपिएफले ७५ हजार, तेस्रो भएको न्यु डायमन्डले २५ हजार र चौथो भएको आर्मीले १५ हजार प्राप्त गरे ।

प्रतियोगितामा एपिएफ, पुलिस, आर्मी र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब सहभागी थिए । राउन्ड रोविन लिगमा पुलिस ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गर्दा ५ अंक जोडेर दोस्रो हुदै एपिएफले फाइनलमा स्थान बनाएको थियो । समान ५ अंक नै भएपनि सेटको आधारमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो स्थानमा रहँदै फाइनलमा पुग्नबाट बञ्चित भएको थियो ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.