4 years ago
February 13, 2021
पोखरा (हाम्रो खेलकुद) – विभागीय तथा नेपाली भलिबल टोलीका खेलाडीका बाहुल्यता भएको त्रिभुवन आर्मी क्लबलाई हराउँदै घरेलु टोली गण्डकीले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सटमा जित निकाल्दै च्याम्पियन बनेको हो । घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध पार्दै उपाधि जितेको हो ।
पहिलो सेटमा घरेलु टोली गण्डकीले आर्मीलाई २५–२२ हराएको थियो । एक समय पहिलो सेटमा आर्मीले ६ अंकको अग्रता लिएको थियो । १८–१२ को अवस्थाबाट गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ जित सम्म पुगेको थियो ।
दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हराएको थियो । सुरुवाती समय ४ अंकको अग्रता लिएपनि गण्डकीले दोस्रो सेट गुमाउन पुग्यो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले हराएको थियो । आर्मी लगातार चार पटक सेट नजिक पुगेर पनि असफल भएको थियो । तेस्रो सेटमा आर्मीले फौल बढि गरेको थियो ।
चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल थप रोमान्चक बन्न पुगेको थियो । आर्मीले एक समय ६ अंकको अग्रता लिएको थियो । गण्डकीले १८–१२ को अवस्थाबाट उत्कृष्ट प्रर्दशन २२–२१ को अवस्थामा पुर्याएको थियो । गण्डकीले लगातार दुई अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको थियो । कोर्टमा प्रवेश गरेलगत्तै मानबहादुर श्रेष्ठले जलाखीपूर्ण स्पाईकका साथ आर्मीलाई चौथो सेट जिताएका थिए ।
रोमान्चक तथा निर्णायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५– ११ ले हराउँदै उपाधि जितेको हो । सुरुवाती ४ अंकको अग्रता लिएको थियो । आर्मीले उत्कृष्ट प्रर्दशनका साथ ९–९ को अवस्थामा पुर्याएको थियो । त्यसपछि भने गण्डकीले लगातार अंक जोड्दै च्याम्पियन बन्न सफल भएको हो ।
विजेता गण्डकीले उपाधिसहित समान १ लाख ५० हजार प्राप्त गर्ने छ । उपविजेता आर्मीले ७५ हजार प्राप्त गर्ने छन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]