4 years ago
February 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलमा फरक पहिचान बनाउन सफल होंगान्जी न्यु डायमण्ड र खेलकुद केन्द्रित फिजियोथेरापी सेवा प्रदान गर्दै आएको अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरबीच सहकार्य सम्झौता भएको छ ।
सातदोबाटोस्थित अर्थोप्लास्टमा एक कार्यक्रमबीच होंगान्जी न्यु डायमण्डकी अध्यक्ष सुनकेशरी माली र अर्थोप्लास्टका स्वास्थ्य निर्देशक सुरज भुसालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार न्यु डायमण्डले आफूले प्रयोग गर्ने जर्सी, प्रशिक्षण स्थल तथा आफ्नो प्रतियोगितामा अर्थोप्लास्टको लोगो राख्नेछ ।
त्यस्तै अर्थोप्लास्टले प्रतियोगिताका दौरान टोलीलाई फिजियो सुविधा प्रदान गर्नेछ । प्रतियोगिता बाहेक प्रशिक्षण लगायत अन्य समयमा पनि अर्थोप्लास्टले विशेष छुटसहित न्यु डायमण्डका खेलाडीलाई फिजियो सेवा दिनेछ । यसमा लाग्ने आर्थिक पाटोबारे भने दुवै पक्षले खुलाउन चाहेनन् ।
यसअघि अर्थोप्लास्टले न्यु डायमण्डलाई फिटनेस सामाग्री सहयोग गरेको थियो । त्यस्तै अर्थोप्लास्टको टोलीले न्यु डायमन्डको प्रशिक्षण स्थलमा गएर खेलाडीसँग अन्तर्क्रिया समेत गरेको थियो ।
न्यु डायमण्डकी अध्यक्ष मालीले खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने र अर्थोप्लास्ट नेपालकै उत्कृष्ट रहेकोले सहकार्य गरिएको बताइन् । निर्देशक भुसालले खेल र स्वास्थ्य एक अर्काको परिपुरक भएकाले आफ्नो संस्थाले खेललाई प्राथमिकतामा राख्दै आएको र न्यु डायमण्डसँग सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा न्यु डायमण्डका प्रशिक्षक कुमार राई, स्पाइकर प्रतिभा माली तथा अर्थोप्लास्टका रिह्याबिलिटेसन इन्चार्ज शामेद कातिलाको समेत उपस्थिति रहेको थियो ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]