default_image

8 years ago

October 1, 2016

राष्ट्रिय च्याम्पियन नबिताद्वारा पारा टेटेलाई सहयोग

124 views

0 Bookmark

काठमाडौं, असोज १५ गते ।
पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई शनिबार खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेकी छन् ।

Nabita Shrestha NSJF Pulsar Award 2072

संघमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल ५ दर्जन, मल्टी बल २५ दर्जन, टिसर्ट ३४ थान, नेट ४ थान, रबर र रबर प्रोटेक्टर ८–८ थान, साइड टेप १२ थान, जुत्ता १ जोर, याकेट कभर १२ थान र ब्याग ५ थान प्रदान गरिएको हो ।

नविताले संघका अध्यक्ष दीपक केसीलाई उक्त सामाग्री हस्तान्तरण गरिन् । करिब १ लाख २० हजार मूल्य बराबरको सामाग्री प्रदान गरिएको नविताका पति एवं टेबलटेनिस खेलाडी राकेश महर्जनले जनाएका छन् । नविताले विभिन्न कार्यक्रममा पाएको पुरस्कारको रकमबाट उक्त सामाग्री खरिद गरेर वितरण गरिएको रकेशले जानकारी गराए ।

नविता २०६७ सालदेखि निरन्तर च्याम्पियन छिन् । नविताले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला डबल्समा नन्द एलिनासंग मिलेर कांस्य जितेकी थिइन् । नविताकी अर्की नन्द एरिका पनि टेबलटेनिस खेलाडी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड– २०७२ को उपाधि पनि जितेकी थिइन् । अवार्ड जित्ने क्रममा नविताले १ लाख ५५ हजार मत पाएकी थिइन् ।

१२ औं सागको तयारीका लागि थाइल्यान्डमा रहेका बेला पारा टेबलटेनिस खेलाडीबाट प्रभावित भएर यहाँका पारा टेबलटेनिस खेलाडीलाई सहयोग गरेको बताइन् ।

‘१२ औं सागको ट्रेनिङमा थाइल्यान्डमा गएको बेला मैले थाइल्यान्डका पारा टेबलटेनिस खेलाडीसंग खेल्ने अवसर पाएको थिए । पछि बुझ्दै जाँदा त्यो खेलाडी त पारा ओलम्पिकको स्वर्ण विजेता रहेछ । हाम्रोमा पनि पारा टेबलटेनिस खेलाडी छन् । हाम्रा खेलाडीले पनि सहयोग पाए भने अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पदक जित्ने सम्भावना छ । त्यो लक्ष्यलाई भेटाउन केहि सहयोग पुगोस् भनेर सहयोग गरेकी हुँ ।’– सामाग्री वितरण गुर्नको उद्देश्य प्रकाश पार्दै नविताले भनिन् ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 19, 2025

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]

February 19, 2025

च्याम्पियन्स ट्रफीको लाइभ आइसिसी टिभीमा

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]

Success

Thank you for your time.