4 years ago
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको बागमती प्रदेशले शनिबार पल्सर स्पोर्टस् अवार्ड २०७६ का उत्कृष्ट प्रशिक्षक नवीन श्रेष्ठ र स्पेसल अवार्डबाट पुरस्कृत आयशा शाक्यलाई सम्मान गरेको छ ।
पुस २८ गते आयोजना भएको अवार्डको १७ औं संस्करणमा तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको नेतृत्वमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितको थियो । सागमा भाग लिने तेक्वान्दोका २९ खेलाडीले नै पदक जितेका थिए । १३ औं सागमा नै आयशाले दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।
सुमेरु ग्रुपको सहयोग रहेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा लामाले प्रशिक्षक श्रेष्ठ र दोहोरो स्वर्ण पदक विजेता आयशालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । प्रदेशसँगले पनि दुवै जनालाई अलग्गै सम्मान गरेको थियो ।
सोही अवसरमा तेक्वान्दो प्रदेश संघ र सुमेरु ग्रुपले युवा तथा खेलकुद मन्त्री दावा लामालाई सम्मान गरेको थियो । सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन र प्रदेश संघका अध्यक्ष केशव पुरीले मन्त्री लामालाई सम्मान गरेका थिए । प्रदेश संघले सोही अवसरमा हालै पुम्सेको अन्तर्राष्ट्रिय दोस्रो श्रेणी रेफ्रीमामा बढुवा भएका नोर्बु लामा र गेरुगीतर्फ रविन मल्ललाई सम्मान गरेको थियो ।
मन्त्री लामाले खेलकुद विकासका लागि सामूहिक प्रयास आवश्यक रहने औल्याए । प्रशिक्षक श्रेष्ठले सबैको सहयोगमा नेपालले तेक्वान्दोमा ठूलो सफलता हासिल गरेको स्मरण गर्दै भविष्यमा अझै सफलता प्राप्त गर्नका लागि आफ्नो तर्फबाट प्रयास गर्ने बचन दिए । सुमेरु ग्रुपकी ब्रान्ड एम्बासडर समेत रहेकी आयशाले सम्मान र पुरस्कारले खेलाडीलाई अझै सफलताका लागि हौसला मिल्ने बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले तेक्वान्दो नेपालको व्यवस्थित संघमध्ये रहेको बताए । ओलम्पियन तथा प्रशिक्षक दीपक विष्टले मन्त्री लामाको पहलमा ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ताका लागि धन्यवाद दिए । सोही अवसरमा सुमेरु ग्रुपका अध्यक्ष महर्जनले १४ औं सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ग्रुपले २ लाख रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरे ।
प्रदेश संघका अध्यक्ष पुरीले सफलताका आधारमा खेलहरुलाई बर्गिकरण गर्नुपर्नेमा मन्त्री लामाको ध्यानाकर्ष गराएका थिए । भदौंमा प्रदेश संघले आयोजना गर्ने प्रदेश स्तरीय प्रतियोगिताका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा राखेको बताए ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]