default_image

4 years ago

January 13, 2021

शरदले एपिएफको कप्तानी गर्ने

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता नेपाल एपिएफ क्लबको कप्तानी गर्ने भएका छन् ।

गतवर्ष पिएम कपमा वसन्तको कप्तानीमा शरदले खेलेका थिए । प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टीयू र मुलपानी मैदानमा हुँदैछ । एपिएफ समूह ए मा छ । समूह ए मा एपिएफसँगै त्रिभुवन आर्मी, गण्डकी, प्रदेश १ र कर्णाली छन् । गत वर्ष एपिएफ सेमिफाइनलमा पुलिससँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

दोस्रो संस्करणमा आर्मीलाई ६ विकेटले हराउँदै एपिएफले उपाधि जितेको थियो । यस संस्करणमा किशोर महतो, ओपनर रित गौतम र स्पिनर सूर्य तामाङले पहिलो पटक एपिएफबाट खेल्दै छन् । स्पिनर भुवन कार्की पनि टोलीमा फर्किएका छन् ।

एपिएफले माघ ३ मा पहिलो खेल प्रदेश १ विरुद्ध टीयूमा खेल्दै सुरुवात गर्ने छ । एपिएफले माघ ८ मा मुलपानीमा गण्डकीसँग खेल्ने छ । माघ १० मा कर्णालीसँग टीयूमा खेल्ने छ । माघ १२ मा एपिएफले आर्मीसँग टीयूमा खेल्नेछ ।

यो पनि : विभागबाट पहिलो पटक खेल्न लागेका प्रदेशका पाँच युवा स्टार

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

Success

Thank you for your time.