default_image

4 years ago

January 12, 2021

गौरिकालाई उत्कृष्ट महिला खेलाडी अवार्ड

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।

गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उपाधि जितेका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य जित्दै कीर्तिमान रचेकी थिइन् ।

यस्तै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्दा आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल भएकी थिइन् । उत्कृष्ट महिला खेलाडी घोषित भएसँगै उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरिन् ।

February 2, 2025

नेपाल लगातार तेस्रो खेलमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी व्यक्तिगत उत्कृष्ट बलिङ बाबजुत नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ । नेपालले सिरिजमा लगातार तेस्रो खेलमा हार बेहोर्ने क्रममा आइतवार नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो । नेपालले बिहीवार पनि नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो । आज १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै […]

February 2, 2025

एपिएफलाई हराउँदै आयोजक टाइगर पहिलोपटक च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – आयोजक टोली टाइगर ग्रुपले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित फाइनल खेलमा साविक विजेता एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोलीले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले […]

February 2, 2025

सिताको कीर्तिमानी बलिङमा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी बलिङको सहयोगमा महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालले नेदरल्याण्ड्सबाट १ सय ४१ रनको लक्ष्य पाएको हो । कीर्तिपुरमा रहेको टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० […]

Success

Thank you for your time.