default_image

4 years ago

January 12, 2021

आयशा र सन्तोषीलाई स्पेशल अवार्ड

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन् ।

मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । यस्तै उनले आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य जितेकी थिइन् ।

यस्तै सन्तोषीले १३औं सागमा १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन् । साग इतिहासमा एथलेटिक्सबाट स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली हुन् ।

सन्तोषीले आठौं खेलकुदमा ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजार मिटरमा कास्य जितेकी थिइन् । वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण र नेवा च्यारिटी धरान १० किमि रनमा स्वर्ण र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन् ।

February 2, 2025

नेपाल लगातार तेस्रो खेलमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी व्यक्तिगत उत्कृष्ट बलिङ बाबजुत नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपालले सिरिजमा लगातार तेस्रो खेलमा हार बेहोर्ने क्रममा नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो । नेपालले गत बिहीवार पनि नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो । नेदरल्याण्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा विकेट […]

February 2, 2025

एपिएफलाई हराउँदै आयोजक टाइगर पहिलोपटक च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – आयोजक टोली टाइगर ग्रुपले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित फाइनल खेलमा साविक विजेता एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोलीले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले […]

February 2, 2025

सिताको कीर्तिमानी बलिङमा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी बलिङको सहयोगमा महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालले नेदरल्याण्ड्सबाट १ सय ४१ रनको लक्ष्य पाएको हो । कीर्तिपुरमा रहेको टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० […]

Success

Thank you for your time.