default_image

4 years ago

January 9, 2021

को बन्ला वर्षको उत्कृष्ट प्रशिक्षक?

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षकका लागि पाँचा जनाको मनोनयन सार्वजनिक गरिसकेको छ ।

वर्ष उत्कृष्ट प्रशिक्षककको मनोनयनमा उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका छन् । यि पाँच मध्येबाट अवार्डको दिन एक जना विजेता घोषणा गरिनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्चको ११ सदस्यीय खेलाडी छनोट समितिले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मंगलबार मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिले यसपटक राष्ट्रिय खेलकुद परिषद अन्तरगत मुख्य प्रशिक्षक रहेका प्रशिक्षकलाई समेटेर मनोनयन सार्वजनिक गरेको हो ।

१७औं संस्करणको पल्स स्पोर्ट्स अवार्ड २८ पुसमा ललितपुरको सातदोवाटोस्थित कराते हलमा सेमि भर्चुअलमार्फत हुनेछ । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्ड विधाको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । पारा, स्पेशल, लाइफटाइम एचिभमेन्ट, टिम अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

यस बर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रुपमा प्रदान गर्दैछौं । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य बिधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमको अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ नेपाल, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षक

अमरकुमार थिङ (उसु)

– १३औं सागमा ५ स्वर्ण, ६ रजत ५ कांस्य पदक जिताउन सफल

मदन उप्रेती (कराते)

– राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक
– १३औं सागमा नेपाललाई १० स्वर्ण, ४ रजत र ५ कांस्य पदक जिताउन सफल ।

नवीन श्रेष्ठ (तेक्वान्दो)

– १३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल
– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।

प्रकाश थापामगर (बक्सिङ)

– १३औं सागमा ३ स्वर्ण, ६ रजत ६ कांस्य पदक जिताउन सफल

शंकर कार्की (पौडी)

– १३औं सागमा ४ स्वर्ण, ४ रजत ४ कांस्य पदक जिताउन सफल
– आठौं राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका

February 2, 2025

बिर्तामोडलाई बर्खा स्मृति अन्तरपालिका क्रिकेट उपाधि

हिमाल खरेल, बिर्तामोडभद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले १ सय २४ रन बनाएको थियो । भद्रपुरको आगि सुमन भट्टराईले सर्वाधिक २८ रनको योगदान गरे पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जवाफी […]

February 2, 2025

पूर्व प्रशिक्षक मोन्टीले सबैलाई धन्यवाद दिए

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देशाईले सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा लामो स्टाट्स लेख्दै मोन्टीले भनेका छन्,’ प्रिय नेपाल, यो बिदाइ होइन, यो धन्यवाद हो।’ जनवरी १०, २०२३ मा नेपाल क्रिकेट संघ नेपाल (क्यान) सँगको अवसरलाई नेपाल क्रिकेटमा स्थायी प्रभाव पार्ने कथा बनाउने आशा राख्दै उत्साह र उद्देश्यका […]

February 2, 2025

नेदरल्याण्ड्सले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकाणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेको छ । नेदरल्याण्ड्सकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी छिन् । शनिवार नेदरल्याण्ड्सविरुद्धको खेलका क्रममा घाइते भएकी कविता कुवँरको स्थानमा रेवती धामीले टिममा मौका पाएकी छिन् । रेवतीले नेपाली टोलीबाट डेब्यु पनि गरेकी छिन् । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुदैछन् । […]

Success

Thank you for your time.