default_image

4 years ago

December 25, 2020

भलिबल प्रशिक्षक रिमालको निधन

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको मृत्यु भएको छ ।

नशासम्बन्धि समस्याले ग्रस्त रिमालको शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । टाउकोमा समस्या देखिएपछि उनको शल्यक्रिया गर्ने तयारी रहेको थियो । ५६ वर्षीय रिमाल नेपालका उत्कृष्ट प्रशिक्षकमध्य रहेका थिए । विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोलीको समेत प्रशिक्षक रहेका रिमाल पछिल्लो समय सानका निर्देशकका रुपमा कार्यरत थिए ।

खेलाडी हुँदा औसतभन्दा माथि उठ्न नसकेका रिमाल प्रशिक्षकको रुपमा भने निकै सफल रहेका थिए । उनले नेपालबाट एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्रै खेलेका थिए । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा वीरगन्जका स्पाइकर रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । तर, त्यही प्रतियोगिता नै रिमालको पहिलो र अन्तिम प्रतियोगिता बन्यो ।

त्यसपछि उनी कोचिङ करियरमा लागेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट एनआइस कोर्स गरेका थिए । कोर्समा उत्कृष्ट भएपछि उनले बि.स. २०४५ मा डिप्लोमा कोर्स गर्न भारतको पटियाला जाने अवर पाएका थिए । त्यसपछि पाकिस्तानमा लेभल वानर बंगलादेशमा लेभल टु कोर्स गरेपछि उनको प्रशिक्षण यात्राले गति लिएको थियो ।

रिमालले २०४७ मा नेपाली सेनाको केबलजंग गणबाट प्रशिक्षण करिअर सुरु गरे । त्यसमा सफलता प्राप्त गर्दै उनले त्रिभुवन आर्मी क्लबकै मुख्य प्रशिक्षक बनेका थिए । ५ वर्ष आर्मी क्लबको प्रशिक्षक बनेपछि उनी अर्काे विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफको समेत प्रशिक्षक बने । नेपाल पुलिसले भलिबलमा एकछत्र राज गर्दा उनकै कार्यकालमा पुलिसले महिला टोली समेत बनाएको थियो ।

नेपालको महिला टोलीले काठमाडौंमा समपन्न आठौं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य जित्यो । जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक थियो । श्रीलंकामा सम्पन्न १०औं सागमा महिला टोलीले कास्य जित्दा उनी टोलीका सहायक प्रशिक्षक थिए । उनले शान्ति गुरुङको सहायक बनेर काम गरेका थिए ।

२०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनसिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएको थियो । आफ्नो जिम्मेवारीमा उनले टोलीलाई ऐतिहासिक रजतपदक जिताएका थिए । उनी १२औं सागमा महिला टोलीले कास्य जित्दा टोलीका प्रशिक्षक थिए । उनले नेपाली पुरुष राष्ट्रिय टोली र बिच भलिबल टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।उनकै प्रशिक्षणमा महिला बिच भलिबल टोलीले १३औं सागमा कास्य पदक जितेको थियो ।

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

March 9, 2025

बगान युथ बुट्टाबारी च्यालेन्ज कप फाइनलमा

हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]

Success

Thank you for your time.