default_image

8 years ago

September 20, 2016

ओलम्पियन हमालको आत्मकथा विमोचन

97 views

0 Bookmark

भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन सेमी कभर्डहल विमोचन गरिएको छ । ओलम्पियन जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले आत्मकथाको विमोचन गरेका छन् ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार जनक नेपालले गरेका छन् । विमोचन समारोहमा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीको पहिलो आत्मकथाले खेलाडी र खेल पदाधिकारीलाई उत्साहित बनाएको बताए । ओलम्पियन हमालको आत्मकथाले नेपाली खेलाडीको वास्तविकता सार्वजनिक गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब खेलकुद्को घटना क्रम पुस्तकमा आएकाले अहिलेको पुस्ताका लागि प्रेरणादायी बन्न सक्ने बताए । ‘पहिले खेलाडीले झण्डा मात्र फहराउथे । अब दस्तावेजीकरण समेत हुने चरणमा पुगेको छ’ उनले भने, – यो पुस्तकमा खेलाडीको दुःख र पीडा मात्र छैन, सफलताको कथा पनि छ । यसले खेलकुदलाई पूर्णता दिएको छ ।

पुस्तकका लेखक ओलम्पियन सुरेन्द्र हमालले क्यान्सरले थलिएर निको हुने क्रममा पत्रकार र शुभेच्छुकहरुको सल्लाहमा पुस्तक लेखेको बताए । ‘क्यान्सरले दुःख मात्र दिएन । पुस्तक समेत लेखायो । त्यसलाई पनि मैले सफलता ठानेको छु’ उनले भने । हमालले आफ्नो पुस्तकले पुराना खेलाडीको खेल जीवन, दुःख सुख र संघर्षलाई उतार्न खोजेको उल्लेख गर्दै यसमा भएका सकारात्मक कुराबाट नयाँ खेलाडीले सिक्न सक्ने बताए ।

surendra hamal

साहित्यकार नयनराज पाण्डेले खेलकुद् क्षेत्र पनि साहित्यमा प्रवेश गरेको उल्लेख गर्दै लेखकले आफ्नो जीवन गाथालाई फिल्मी ढंगले उतारेको बताए । ‘आत्मकथा पठनिय छ । जीवन संघर्षलाई राम्ररी उतारिएको छ । पढ्न बसेपछि कतै ब्रेक लाग्दैन’ उनले भने,– कुनै बेला बलिष्ठ खेलाडी देख्दा गुण्डा वा दादा लाग्थ्यो । तर, खेलाडीभित्रको सुकोमल पक्ष, राष्ट्रिय भावना र अवरोह आरोह पुस्तकमा छ । सिलसिलाबद्ध ढंगले पुस्तक लेखिएकाले भारतीय फिल्म मेरी कोम जस्तै फिल्म बन्न सक्ने बताए ।

त्यस्तै, नेपाल खेलकुद् पत्रकार मन्चका अध्यक्ष महेश आचार्यले पुस्तकले खेलकुद्भित्रको तत्कालिन माहोललाई राम्ररी उजागर गरेको बताए । मध्यपश्चिम क्षेत्रीय खेलकुद् विकास समितिका अध्यक्ष भीम ओली खेलकुद् क्षेत्रको दस्तावेजीकरणको नयाँ अध्याय सुरु भएको बताए । यसैगरी, सांसद आशा बिक, नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ, राखेप उपाध्यक्ष लामा टेण्डी शेर्पा, नेपाल भारत्तोलक संघका अध्यक्ष रतनकुमार टण्डन, पश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले बोल्दै लेखक हमाललाई शुभकामना दिएका छन् ।

क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले खेलकुद क्षेत्रको पहिलो आत्मकथा भएकाले आफ्नो प्रकाशन गृहले ओलम्पियनबाट आफ्नो यात्रा प्रारम्भ गरेको बताए ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

क्रिजललाई महिला फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]

Success

Thank you for your time.