4 years ago
December 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल जगतमा छुट्टै पहिचान बनाउन सफल न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरले फिटनेस सामाग्री सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमबीच अर्थोप्लास्टका प्रबन्ध निर्देशक हरिकुमार तामाङ र कार्यकारी निर्देशक पशुपति रेग्मीले न्यु डायमन्डकी खेलाडी प्रतिभा माली र अध्यक्ष सुनकेशरी मालीलाई सामाग्री हस्तान्तरण गरे । अर्थोप्लास्टले क्लबलाई १५ हजार रुपैयाँ बराबरको सामाग्री निशुल्क उपलब्ध गराएको हो ।
यसअघि अर्थोप्लास्टको टोलीले न्यु डायमन्डको प्रशिक्षण स्थलमा गएर खेलाडीसँग अन्तर्क्रिया समेत गरेका थिए । स्वास्थ्य निर्देशक सुरज भुषालले खेलाडीलाई फिटनेसको महत्त्वबारे बुझाउन यो कदम चालिएको बताए ।
‘हामीले खेलकुदलाई लामो समयदेखि प्राथमिकतामा राख्दै आएका छौं । हामी चोट लागेपछि ठिक पार्ने नभएर चोट लाग्नै नदिनेबारे जनचेतना फैलाउन चाहन्छौं । खेलाडीको जीवनमा फिटनेस अभिन्न पाटो हो । क्लबका लागि यो सानो सहयोगले खेलाडीहरुलाई फाइदा हुने विश्वास लिएका छौं,’ उनले भने ।
अर्थोप्लास्टले खेलकुदलाई लक्षित गर्दै आफ्नो केन्द्रमा छुट्टै विभाग निर्माण गरेको छ । घुँडाको शल्यक्रियापछि प्रतिभा लगायत बास्केटबलकी सविता खड्का, फुटबलका रुपेश तामाङ, रविन श्रेष्ठ लगायतले पनि यहि फिजियोथेरापी गरेका थिए । अर्थोप्लास्टले केहि महिनाअघि किरण चेम्जोङलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]