4 years ago
December 8, 2020
एजेन्सी – एभीएम टेबल टेनिस क्लबलाई लामो समयदेखि सहयोग गर्दै आएका स्विस प्रशिक्षक पाभेल रेहोरेकले प्रतिष्ठित स्याफहौजर पुरस्कार प्राप्त गरेका छन् ।
सन् २०१४ यता एभीएम क्लबलाई निरन्तर सहयोग गर्दै आएका ५४ वर्षीय रेहोरेकलाई उनले टेबल टेनिसको विकासमा अनवरत योगदान दिएका कारण पुरस्कृत गरिएको हो । उनले पुरस्कार स्वरूप प्राप्त गरेको २५ हजार स्विस फ्रान्क (३३ लाख नेपाली रुपैयाँ) एभीएममा पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा खर्चने बताएका छन् ।
सन् २०१४ मा श्रीलंकामा क्याम्प राखेका उनलाई एभीएमकी विद्यार्थी सिक्का सुवालले सम्पर्क गरेपछि समबन्ध विस्तार भएको थियो । पाभेलले एभीएमको कमजोर पूर्वाधारका बाबजुद त्यहाँका खेलाडीको लगावबाट प्रभावित भएर सहयोगको हात अघि बढाएका थिए । उनले पहिलो प्रयासस्वरुप १८ हजार अमेरिकी डलर बराबरको सामग्री स्कुलको व्यवस्थापन र भूतपूर्व विद्यार्थीबाट उठाएर टेबल टेनिस र नेटमा खर्च गर्न प्रेरित गरेका थिए ।
अब उक्त पुरस्कारको रकम उनले टेबल टेनिस हलको स्तरोन्नतिका साथै जिम हल, शौचालय, लगायत पूर्वाधारमा खर्च गरिने बताए । उनले यस पुरस्कारको हकदार आफू मात्र नभएर एभीएम स्कुल पनि भएको बताए । ‘यो मेरो जित होइन, एभीएम र त्यहाँका विद्यार्थीको जित हो । यसले फाइदा पुग्ने नेपाली टेबल टेनिसको नै हो,’ उनले भने ।
पाभेलले आफ्नो खेलप्रतिको लगावले नै यो सब गर्न प्रेरित गरेको बताए । ‘मेरो टेबल टेनिसप्रतिको लगाव, अनुभव र केहि दिनुपर्छ भन्ने चाहनाले यो सम्भव भएको हो । मलाई प्रशिक्षण क्याम्प राख्न दुइतर्फी सहयोग आवश्यक पर्छ जुन एभीएमले दिल खोलेर दियो । राम्रो गर्नेलाई राम्रो नै हुन्छ भन्ने विश्वास फेरी एकपटक सार्थक भएको छ,’ पाभेलले भने ।
उनले एभीएमको टेबल टेनिसप्रतिको लगावको पनि प्रशंसा गरे । ‘एभीएम मेरो मुटुमा छ । त्यहाँ मैले पारिवारिक वातावरण पाएको छु । सबै सकरात्मक छन् र त्यसको प्रभाव खेलमा पनि देखिन्छ । १३ औं सागमा ४ खेलाडी राष्ट्रिय टोलीमा परेर पदक जित्नुले पनि पुष्टि गर्छ,’ उनले थपे ।
पाभेलले आउने दिनमा पनि एभीएमकै लागि योजना बनाएको बताए । ‘म अब फर्कन मिल्ने अवस्था हुने बितिकै नेपाल आउनेछु । एभीएम प्रोजेक्ट र प्रशिक्षण क्याम्पको काम अघि बढाउने योजना छ । हामी कहिले शत प्रतिशत सन्तुष्ट हुनु हुँदैन, सधैं कसरि राम्रो गर्ने भन्ने मनमा हुनुपर्छ,’ पाभेलले टुंग्याए ।
एभीएमका प्रशिक्षक पुरुषोत्तम बज्राचार्य पनि पाभेलको योगदानले एभीएमको स्वरूप फेरिएको स्वीकार्छन् । ‘प्रशिक्षक पाभेल आउनुअघि हामीसँग राम्रो पूर्वाधार थिएन तर राम्रा खेलाडी थिए । वहाँले हामीलाई पूर्वाधार सुधार गर्न केहि सहयोग गर्नुभयो र त्यहाँबाट नै हामीलाई अघि बढ्न निकै उर्जा मिल्यो,’ उनले भने ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । समूह ए मा रहेका दुई देशबीचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा […]
February 23, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]