default_image

9 years ago

September 18, 2016

न्युडायमण्ड र पुलिस उपाधि नजिक

133 views

0 Bookmark

काठमाडौं, (कस) । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि नैकापको न्यु डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल प्रहरीवीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै पुरुषतर्फ हेल्प नेपाल र आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।

Police and new diamond nears winner trophy

प्रायः फाईनलमा भेट हुने टिम न्यु डायमण्ड एकेडेमीले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब टाइसिटको समिकरणका कारण सेमिफाइनलमा भेट भए ।  त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भइरहेको सेमिफाइनल खेलमा न्यु डायमण्ड एकेडेमीले एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै लामो समयका प्रतिक्षा पछि नेपाल पुलिस क्लवले पनि टप्स पश्चिमाञ्चललाई ३–० सोझो सेटमा पाखा लगाउदै फाईनलको यात्रा तय गर्यो । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु डायमण्डले एपीएफलाई २५–२२, २५–२२ र २५–२३ को सेटमा पराजित ग¥यो । न्यु डायमण्डलाई जितमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले स्पाइकबाट ३०, ब्लकमा २ र सर्भिसबाट २ अंक बटुलिन ।

त्यसैगरी पनामिका राईले स्पाइकबाट ५ महत्वपूर्ण अंक बटुलिन । एपीएफकी सरस्वती चौधरीले स्पाइकबाट १४ अंक लिइन भने उषा विष्टले स्पाइकबाट ८, ब्लकबाट २ र सभिसबाट १ अंक बटुले पनि आफ्नो टोलीलाई विजयी बनाउन सकिनन् । त्यसैगरी पुलिस क्लवले टप्स पश्चिमाञ्चललाई २७–२५, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट १७ अंक बटुलिन भने चुडा खड्काले स्पाइकबाट १०, ब्लकमा २ र सर्भिसबाट २ अंक बटुलिन । टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङले स्पाइकबाट १७ र अरुणा शाहीले स्पाइकबाट १० र सर्भिसबाट एक अंक बटुले पनि टोलीलाई जित दिलाउन सकिनन् । त्यसैगरी पुरुषतर्फको सेमिफाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान सुरक्षित ग¥यो । चार भारतीय खेलाडि रहेको हेल्प नेपालले एपीएफलाई २५–२०, २५–१३ र २५–२१ को सोझो सेटबाट हरायो । हेल्प नेपालका लागि भारती खेलाडीद्धय शुभम् चौधरीले स्पाइकबाट १४ र ब्लकबाट ३ अंक बटुले भने सुवे सिंहले स्पाइकबाट १०, ब्लकमा ८ र सर्भिसमा ३ अंक बटुले । एपीएफका मिलन मल्लले स्पाइकबाट ७ अंक जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

त्यसैगरी आइतबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई पराजित गरेर फाइनलमा हेल्प नेपालसंगको भेट पक्का गरेको छ । प्रतिस्पर्धात्मक पहिलो सेट २९–२७ ले जितेको सेनाले दोस्रो सेट १५–२५ ले गुमाउन पुग्यो । तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको सेनाले चौथो सेट २५–१७ ले जित्दै उपाधि नजिक पुगेको हो । आर्मीको जितमा भैरब बमले स्पाईक मार्फत १३ अंक जोड्दा नरेन्द्र गिरीले स्पाईकबाट ८ र ब्लकबाट ४ अंक जोडेका थिए । पराजित टिमबाट उत्कृष्ट प्रर्दशन गरेका घनश्याम महत्तोले स्पाईकबाट १२ अंक र ब्लकबाट ३ अंक जोडेका थिए । सोमबार तेस्रो स्थानको खेल विहान ८ बजे र १० बजे हुनेछ भने फाइनल खेल महिलाको १ बजे र पुरुषको ३ बजे हुनेछ । नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर अनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रुपैयाँ जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.