default_image

8 years ago

September 17, 2016

पुलिस र टप्सको सेमिफाईनलमा भेट

133 views

0 Bookmark

काठमाडौं । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली पुलिस र टप्स पश्चिमाञ्चल प्रतिस्पर्धा गर्ने भएका छन् ।

w2

शनिवार भएको महिलाको क्वाटर फाईनल खेलमा पुलिसले आर्मीलाई २५–२२,२४–२६,२०–२५,२५–१९ र १५–५ ले हरायो । महिलाकै दोश्रो क्वाटरफाईनलमा टप्स पश्चिमाञ्चलले काभ्रे जिल्ला भलिबल संघलाई २५–७,२५–११ र २५–९ को सोझो सेटमा हराउदै सेमिफाईनलमा पुलिससग भेट पक्का गर्यो ।

त्यस्तै पुरुषतर्फको क्वाटर फाईनल खेलमा सफलता हात पादै पशिचमाञ्चल र आर्मी सेमिफाईनलमा प्रवेश गरेका छन् । पश्चिमाञ्चलले ढोरपाटनलाई २१–२५,२५–७,२५–२१ र २५–१७ ले हरायो । आर्मीले मणीमुकुन्दलाई २५–१२,२५–१० र २५–१५ को सोझो सेटबाट हरायो ।

आइतवार महिलातर्फको सेमिफाईनलमा न्युडायमण्ड र एपीएफ ८ बजे,टप्स र पुलिस १० बजे खेल्ने छन् भने हेल्प नेपाल र एपीएफ तथा पश्चिमाञ्चल र आर्मीको प्रतिस्पर्धा हुने । पुरुष सेमिफाईनल खेल १ बजे र ३ बजे हुने छ ।

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.