4 years ago
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुन अर्को साता विवाह बन्धनमा बाधिने भएकी छन् । म्याग्दीको मालिका गाँउपालिका ३ औलकी कमला र सोही गाँउपालिका २ बेलीका राम रोक्काबीच बुधबारका लागि विवाह तय भएको छ ।
मगर परम्परा अनुसार विवाह हुने कमलाले जानकारी दिइन् । उनी मंसिर ७ गतेबाटै रामको घर बस्न गएकी थिइन् । ‘अब बुधबार यहाँ हाम्रो मगर परम्परा अनुसार विवाह हुन्छ , उनले भनिन्, ‘त्यसपछि त्यसै साँझ माइती घर जाने छौं ।’
झन्डै ५ वर्षयताको प्रेम सम्बन्धलाई परिवारको सहमतिमा विवाह बन्धनमा परिणत गर्न लागेको कमलाले बताइन् । कामलाका अनुसार अहिले जापान बस्दै आएका राम केहि वर्षअघि मकाउ बस्थे । राम जापानबाट फर्केपछि कमलासँगै मंसिर ७ मा आफ्नो घर पुगेका थिए । एउटै गाँउ भएपनि उनीबीच सामान्य चिनजान रहेको र पछि सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बन्ध प्रगाढ बन्दै गएको कमलाले सुनाइन् ।
६ वर्षभन्दा लामो समयदेखि राष्ट्रिय टोलीकी सदस्य रहँदै आएकी कमला नेपाली महिला टोलीले गत वर्ष दुई ठूला सफलता हासिल गर्दा त्यसको सदस्य थिइन् । महिला टोलीले बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो ।
त्यस्तै मंसिरमा स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । त्यो महिला भलिबल टोलीको अहिले सम्मकै ठूलो सफलता हो । सन् २०१६ को १२ औं सागमा कास्य पदक जित्दा पनि कमला टोलीको सदस्य थिइन् ।
उनी नेपाल पुलिस क्लबबाट व्यवासयिक भलिबल खेल्दै आएकी छिन् । ८ वर्षदेखि पुलिसमा रहेकी २७ वर्षे कमलाले सक्दा सम्म भलिबलमै सक्रिय रहने बताइन् । घर परिवार र रामबाट पनि साथ रहेकोले तत्काल भलिबलबाट अलग नहुने उनले जनाइन् ।
गत वर्ष जेठमा दायाँ घुँडाको शल्यक्रियापछि कमला राष्ट्रिय टोलीमा फर्कन सफल भएकी थिइन् । गत वर्ष फागुनमा पुलिसले नेपालगन्जमा छैटौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता जित्दा कमला टोलीकी महत्वपूर्ण सदस्य थिइन् । त्यसयता कोरोनाका कारण कुनै पनि भलिबल प्रतियोगिता हुन सकेको छैन ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]