default_image

8 years ago

September 17, 2016

दोस्रो मिष्टर बुल्समेनको उपाधि वर्णवाललाई

101 views

0 Bookmark

मोसफलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवालले जितेका छन् । ओभरअल फाईनलमा उनले अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै उनले नगद १ लाख ५५ हजार ५ सय ५५ राशीसहितको ट्रफी उचाले । उनी  ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए ।

WO7A10261

उपाधिको लागि पहिलो संस्करणका विजेता रामबहादुर दाहालले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनी सँगै भर्खर भुटानमा सम्पन्न ५० औं एशियन च्याम्पियनसिपमा ७५ केजी तौलमा स्वर्ण पदक जितेका महेश्वर महर्जनले समेत प्रतिस्पर्धा गरेका थिए । दुवैको चुनौतिलाई पन्छाउँदै वर्णवालले उपाधि चुम्न सफल भए ।

५५ केजी तौलबाट कमल भण्डारीले फाईनल प्रतिस्पर्धामा उत्रिएका थिए । स्वर्ण पदक जितेका उनले नगद १५ हजार रुपैयाँ पाए । त्यसैगरी ६० केजी तौलमा .सन्जीव श्रेष्ठ स्वर्ण जित्दै फाईनल प्रतिस्पर्धामा उत्रिए । ६५ केजी तौल समूहमा प्रथम मिष्टर बुल्समेन रामबहादुर दाहालले उपाधिको लागि चुनौति पेश गरेका थिए । ७०केजी तौलमा रामहरि खनालले स्वर्ण पदक जिते । ७५ केजी तौलमा महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भए तर उपाधिबाट भने विमुख नै रहे ।

आयोजक बुल्समेन क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङका अनुसार ५५ केजी तौल समूहमा सुरेन्द्रप्रसाद बर्मा, गौरवप्रसाद श्रेष्ठ, कमल भण्डारी, शुशिल विन्दुका र सुरेश गुरुङ अन्तिम प्रतिस्पर्धाको लागि छनोट भएका छन् । ६० केजी तौल समूहमा रमेश कार्की, देवेन्द्र बज्रचार्य, सुपेन्द्र डंगोल, आशिष ढेवाजू, सन्जीवकुमार श्रेष्ठ छन् । ६५ केजी तौलमा रामबहादुर दाहाल, अनिललाल श्रेष्ठ, अमितकुमार मण्डल,ताराबहादुर थापाक्षत्री , किरण यादव रहेका छन् ।

प्रतियोगितामा भारत, हङकङ, मकाउबाट समेत खेलाडीको सहभागिता रहेको छ । शारीरिक सुगठन खेलमा लामो समेत विताएका  नारायण प्रधान, विभिन्न प्रतियोगितामा संलग्न रही पदक विजेता सचित प्रधान एवं पत्रकार धन बस्नेतलाई कार्यक्रममा सम्मान गरिएको थियो । प्रतियोगितामा सहयोग गर्ने विभिन्न एकदर्जन भन्दा बढी व्यक्ति तथा संस्थाहरुलाई सम्मान एवं प्रशसां पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रहरी नायव महानिरिक्षक कमलसिंह बम, एनआरएन युकेका सल्लाहकार मुछेत्र गुरुङ, बुल्समेन क्लबका संरक्षक सुनिल गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायत विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.