8 years ago
September 17, 2016
काठमाडौं । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र न्युडायमण्ड एकेडेमीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार भएको खेलमा ढोरपाटन स्पोर्टस् टेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युडायमण्डले एपीएफसंगको भेट पक्का गरेको हो । न्युडायमण्डले ढोरपाटनलाई २५–४, २५–१३ र २५–८ को सोझो सेटमा पाखा लगायो । महिलातर्फकै अर्को खेलमा एपीएफले जावलाखेल भलिवल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा नै पराजित ग¥यो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफले जावलाखेललाई २५–११, २५–६ र २५–११ को सेटमा हरायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहलमा शुक्रबार भएको पुरुषतर्फको खेलमा भारतीय खेलाडीहरुको बाहुल्यता रहेको हेल्प नेपालले नेपाल पुलिस क्लवलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पाखा लगायो । निकै प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्द्वी पुलिसलाई पाखा लगाएर हेल्प नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । हेल्प नेपालले पुलिसलाई २५–१९, १८–२५, २५–१८, १८–२५ र २५–२३ ले पराजित गर्यो । अन्तिम सेटमा हेल्प नेपालको १३ र पुलिसको ११ को अवस्थामा हेल्प नेपालले रेफ्रिको निर्णय प्रति असन्तुष्टी जनाउदा केहि समय खेल रोकिएको थिए । रेफ्रिको निर्णयलाई स्वीकार गदै १३–१२ को अवस्थामा खेल पूनः सुरु भएको थियो ।
सघर्षपूर्ण जित हात पारे पछि हेल्प नेपालका कोच अरुण श्रेष्ठले भने– हाम्रो अपिल सहि थियो, तथापि रेफ्रिको निर्णयलाई स्वीकार गदै कोटमा उत्रिम । निकै लामो संघर्ष पछि जित हात पार्दा हामी उत्साहित भएका छौं । सेमिफाईनलमा अझ राम्रो खेल प्रदर्शन गर्ने श्रेष्ठले बताए ।
त्यस्तै पुरुषको दोश्रो क्वाटरफाईनल खेलमा एपीएफले प्रगतिशिल युथ क्लबलाई २५–१९,२५–१८ र २५–१५ को सोझो सेटमा हराउदै सेमिफाईनलमा हेल्प नेपालसग भेट पक्का गर्यो । शनिवार चार क्वाटर फाईनलका खेल हुने छन् । महिलातर्फको क्वाटरफाईनल खेलमा पुलिस र आर्मी तथा पश्चिमाञ्चल टप्स र काभ्रे जिल्ला भलिबल संघ प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुषतर्फ आर्मी र मणीमुकुन्द तथा पश्चिमाञ्चल र ढोरपाटनबीच खेल हुने छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]