9 years ago
September 14, 2016
काठमाडौँ । न्यूडाइमण्ड एकेडमी र सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फको समुह ए बाट न्यूडाइमण्ड र समुह बि बाट एपीएफ क्वाटरफाइनलमा पुगेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा बुधबार भएको खेलमा प्रगतिशील युथ क्लबलाई ३ – ० को सेटमा पराजित गर्दै न्यूडाइमण्डले क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । एकतर्फी जित निकाल्ने क्रममा न्यूडाइमण्डले प्रगतिशीललाई २५ – २, २५ – ११ र २५ – १५ को सेटमा पाखा लगाए । समुह ए बाट न्यूडाइमण्ड ६ अंक जोडी समूह बिजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट क्वाटरफाइनलमा पुग्ने अर्को टोलीको भने टुंगो लागेको छैन । बिहिबार हुने त्रिभुवन आर्मी र प्रगतिशीलबिचको बिजेताले यस समुहबाट क्वाटरफाइनलमा पुग्ने छन् ।
महिलातर्फकै बुधबार भएको पहिलो खेलमा पश्चिमाञ्चल भलिबल संघले जावलाखेल युथ क्लबलाई ३–० को सेटमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाए । पश्चिमाञ्चल भलिबल संघले जावलाखेलमाथी २५–५, २५–१३ र २५–१२ को सेटमा पराजित गरेको हो । जितसंगै समुह डी बाट पश्चिमाञ्चल भलिबल संघ समूह बिजेता र जावलाखेल उपविजेताबन्दै क्वाटरफाइनलमा पुगेका छन् ।
नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर अनुसारको च्याम्पियनसिपको महिलातर्फ नै समूह बि बाट एपीएफ र काभ्रे भलिबल संघ क्वाटरफाइनलमा प्रवेश गर्यो । समूह बि बाट एपीएफ शिर्ष र काभ्रे दोस्रो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै समूह सीबाट नेपाल पुलिस क्लब बिजेता र ढोरपाटन भलिबल क्लब उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ बुधबार तीन बिभागिय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब,नेपाल पुलिस र नेपाल आर्मीले सफलता हात पारे ।
राखेप कबर्डहलमा भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले काभ्रे भलिबल संघलाई ३–० ले पाखा लगायो । समूह ए मा रहेको पुलिसले काभ्रेमाथी २५–१०, २५–१५ र २५–९ को सेटमा जित निकाल्यो । यस्तै एपीएफले ढोरपाटन भलिबल क्लबलाई ३–० कै सेटमा पाखा लगायो । ढोरपाटनबिरुद्ध एपीएफले २५–२१, २५–२२ र २५–१६ को सेटमा जित निकालेको हो । त्यसै गरि नेपाल आर्मीले जाउलाखेललाई २५–१५, २५–१९ र २५–१२ को सोझो सेटमा हरायो ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]