9 years ago
September 13, 2016
न्यु डायमण्ड स्कुल र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।
महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा पाखा लगायो । आर्मीविरुद्ध न्युडायमण्डले पहिलो सेट २५–११, दोस्रो २५–१४ र तेस्रो सेट २५–१६ को सेटमा जित निकाल्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो ।
नेपाल भलिबल संघको बार्षिक क्यालेन्डर अनुसारको पहिलो प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा एपीएफले काभ्रे जिल्ला भलिबल संघमाथि ३–० कै सेटमा जित निकाल्यो । एपीएफले काभ्रेमाथि २५–५, २५–८ र २५–३ को जित निकाल्यो । पुरुषतर्फको खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब र ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेका छन् । राखेप कबर्डहलमा भएको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्दले काभ्रे भलिबल संघमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । मणिमुकुन्दले काभ्रेमाथि पहिलो सेट २५–१२, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ को जित निकाल्यो ।
यस्तै पुरुषतर्फको दोस्रो खेलमा ढोरपाटनले बुढानीलकण्ठ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्यो । पहिलो सेट १६–२५ ले गुमाएको ढोरपाटनले त्यसपछि लगातार तीन सेट जित्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । बुढानीलकण्ठविरुद्ध ढोरपाटनले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ तथा निर्णायक सेट २७–२५ जित्दै खेल आफ्नो पक्षमा बनायो ।
लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख ५० हजार रुपैयाा जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैया जित्ने छन् । यस्तै च्याम्पियनसिपको दुवै विधाका सर्बोकृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, ब्लकर, लिफ्टर, लिब्रो र सर्भरले जनही ५ – ५ हजार पाउनेछन् । च्याम्पियनसिपको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले गरेका थिए । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङ, निरोज मास्के र रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।
भलिबल संघ विस्तार खड्का उपाध्यक्षमा मनोनित काठमाडौं । भलिबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्का नेपाल भलिबल संघको उपाध्यक्षमा मनोनित भएका छन् । खड्काले वि.सं २०४५ सालदेखि लगातार राष्ट्रिय प्रतियोगिता खेलेका थिए भने खेलाडी जीवनबाट विदा भएपछि भलिबलको विकास र विस्तार सक्रिय रहेका थिए ।
पूर्व राष्ट्रिय खेलाडी तथा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका खड्का उपाध्यक्षमा मनोनित हुादा सदस्यहरुमा पूर्व राष्ट्रिय खेलाडी भरतबहादुर शाह मनोनित भएका छन् । त्यसैगरी संघको सदस्यमा नै टेककुमार राजभण्डारी, रोशन श्रेष्ठ, विक्रम बोगटी, झकबहादुर मिश्र र जितेन्द्र श्रेष्ठ मनोनित भएका छन् । त्यसैगरी संघको सल्लाहकारमा पूर्व अध्यक्ष गंगाबहादुर थापा, रमेशमान मल्ल र रामचन्द्र भण्डारी मनोनित भए । मनोनित सल्लाहकार तथा पदाधिकारीलाई भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले शपथग्रहण गराएका थिए ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]