default_image

9 years ago

September 12, 2016

नेपाल समूह डीको दोस्रो स्थानमा, बाकुमा चेस ओलम्पियाड जारी

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको नवौं चरणको समाप्तीपछि नेपाली पुरुष टोली समूह डीको दोस्रो स्थानमा उक्लेको छ । अजरबैजानको बाकुमा जारी ४२ औं ओलम्पियाडमा नेपाली टोली सोमबार जमैकालाई २.५–१.५ ले हराएपछि तालिकाको दोस्रो स्थानमा उक्लेको हो । नेपाल दक्षिण एसियाली राष्ट्र श्रीलंका र पाकिस्तानभन्दा अंकतालिकामा माथि रहेको छ । समूह डीमा श्रीलंका आठौं र पाकिस्तान नवौं स्थानमा छ । उक्त समूहमा साइप्रस शीर्षस्थानमा रहेको छ । महिला टोलीले भने दक्षिण एसियाली छिमेकी पाकिस्तानसँग २–२ को बराबरी खेलेको छ ।

14238136_1088983654472246_4963065363308010969_n
फिडे मास्टर बिलमलाल श्रेष्ठ र क्षितिज भण्डारीले आ आफ्नो खेल जितेका थिए भने केशव श्रेष्ठ बराबरीमा रोकिएका थिए । सजिन महर्जन भने डामिनो डेभीसँग पराजित भएका थिए । २०१७ रटेड फिडे मास्टर बिलमले ब्रान्डन विल्सनलाई र क्षितिजजे फिडे मास्टर मालाकु लार्नेलाई माथ दिएका थिए । केशवले वारेन इलियोटसँग अंक बाँडे ।
महिलातर्फ शान्ता थापा र अस्मिता अधिकारी विजयी भएका छन् । शान्ताले गुल मेहक र अस्मिताले जेनोयिबा वासिफलाई पराजित गरिन् । सिन्दिरा जोशी घाजाला बेगम र सुजना लोहनी नाबी उल उमीसँग हारेका थिए । नवौं चरणको समाप्तीमा महिला टोलीको ५ अंक पुगेको छ । नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनका अनुसार दसौं चरणमा नेपाली पुरुष टोलीले चाइनिज ताइपे र महिलाले लेसोथोको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.