4 years ago
October 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही कमल सुनचाँदाी दुकानको ब्रान्ड एम्वासडर नियुक्त भएकी छिन् ।
कप्तान अरुणाले कमल सुनचाँदी दुकानसँग एक वर्षको लागि सम्झौता गरेका हुन् । म्याग्दीको सदरमुकाम बेनी र कास्की पोखराको न्युरोडमा रहेको सुनचाँदी दुकानका सञ्चालक कमल विश्वकर्मा र कप्तान अरुणा शाहीबीच एक वर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सञ्चालक विश्वकर्माले महिला राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका अरुणामा आफ्नो कम्पनीको ब्रान्ड एम्वासडर बनाउन पाँउदा खुशी लागेको र यो कार्यले आफ्नो उत्पादनले पनि बजार लिनेमा विश्वस्त रहेको बताएका छन् । कप्तान अरुणाले यो एक वर्षको अवधिमा आफुले भ्याएसम्म कम्पनीको उत्पादनको सक्दो प्रचार प्रसार गर्ने बताइन् ।
सन् २०१४ मा काठमाडौंमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेयता उनी टोलीको महत्वपुर्ण सदस्य रहँदै आएकी छिन् । २०१९ मा राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएकी अरुणाकै कप्तानीमा नेपाली महिला भलिबल टोली बंगलादेशमा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलि च्याम्पियनसिपमा स्वर्ण तथा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजतपदक जित्न सफल भएको थियो ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]